आइतबार, १८ जेठ २०८२

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा : बाजुराकाे हिमालि गाउँपालिका वडा नम्बर ५ की १७ वर्षीया जुनिता  बुढालाई  हेलिकोप्टर मार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।   हिमाली गाउँपालीकामा जिप दुर्घटना परी घाइते भएकी बुढालाइ सुत्केरी बेथा लागेपछि यता उपचार सम्भव नभएपछी जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर पहल गरी सुत्केरीलाई सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय प्रमुख मेघनाथ पाध्याले जानकारी दिएका छन् । बुढाकाे तिन महिना पछि  सुत्केरी हुने मिति  भएपनि जिप दुर्घटनामा चाेट लागेकाे हुदा उहाँकाे कोल्टी आधारभुत अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि सुर्खेत रेफर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस