बाजुरा ः नेकपा एमा बाजुराले सदरमुकाम मार्तडीमा राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन देशव्यापी जागरण ¥याली गरेका छन् । देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल ¥याली गरिएको छ । लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाको लागि एमालेले कार्यक्रम गरेको अध्यक्ष लालबहादुर ओलीले बताउनु भएको छ ।
देशमा राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा गरेका थिए ।
एमालेले मात्रै नभई गणतन्त्र पक्षधर अन्य दलहरूले पनि राजावादीको जनआन्दोलनलाई प्रतिवाद गर्न देशव्यापी रूपमा आन्दोलन अगाडी बढाइरहेको छ । राजावादीहरूले शुक्रबार गरेको आन्दोलन तोडफोड र लुटपाटमा केन्द्रित भएपछि अहिले चर्को विवादमा फसेको पाटी सचिव काँसी वि क ले बताएका छन् ।
तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठहर गर्दै मुख्य राजनीतिक दलहरूले कारबाहीको चेतावनी दिइरहेका छन् । त्यही छेको पारेर आज एमालेले गरेको जागरण अभियानको लागि १० नारा तय गरेको नेकपा एमाले बाजुराले जनाएको छ ।
आन्दोलमा हत्या, हिंसा लुटपाट बन्द गरे, जन्मसिद्ध अधिकार अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक अराजकता अन्त्य गर लगायतका नारा रहेका छन् ।
जागरणसभामा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा बाजुरा इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी प्रदेश उपाध्यक्ष काली बहादुर साही नेकपा एमाले पाटी उपाध्यक्ष जनक बोहराले विरोध सभाकाे सम्वोधन गरेका थिए । कार्यक्रममा प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस