शनिबार, २५ असोज २०८२

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेण्डा टुङ्गो लगाउने

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।  बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने छ । 

गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस गरेका छन् ।


नेताहरूले पदाधिकारी बैठकमा आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा घाइते भएर आराम गरिरहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । केन्द्रीय समिति बैठकमा भने उपस्थित हुने बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस