बुधबार, २० चैत २०८१

राजावादीले आगजनी र तोडफोड गरेको कोटेश्वर क्षेत्रमा पुगे गृहमन्त्री लेखक

काठमाडौँ : राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् । गृहमन्त्री लेखक शनिबार बिहान उक्त क्षेत्रको अनुगमनमा गएका हुन् ।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

उक्त क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारी पुगेका हुन् ।राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस