सोमबार, ०३ चैत २०८१

विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने

धनगढी : स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयकको विरोधमा स्थानीय तहका कर्मचारीहरू भोलि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने भएका छन् ।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिले तयार पारेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८० माथि छलफल भई अन्तिम प्रतिवेदन पारित गराउने प्रक्रियाका विरुद्ध प्रदेशभरका स्थानीय तहका कर्मचारीहरू विरोधमा उत्रिने भएका छन्।

उक्त विधेयकको प्रतिवेदन हुबहु पारित भए स्थानीय तहका स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा कटौती हुन भएकाले समितिका सभापति दिवान सिंह विष्टलाई दवाव दिने बताइएको छ ।

त्यसकारण भोलि मुख्यमन्त्री कार्यालय अगाडि स्थानीय तहका कर्मचारीहरूले धर्ना दिने भएका छन्। सुदूरपश्चिमका ८८ वटै पालिकाका करार कर्मचारी धर्नामा सहभागिता हुने बताएकाे छ।

प्रतिक्रिया दिनुहोस