बाजुरा :चैत्र २ गते बिहान बैतडीमा बेवारिसे अवस्थामा फेला परेको एक पुरुषको शवको पहिचान खुलेको छ ।बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ५ दोलीमा खोलाको किनारामा मृत फेला परेका युवक बाजुराका रहेको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ।
उहाँले दिएको जान्कारी अनुसार मृत फेला परेका युवक बाजुराको खप्तड छेडेदह गाउँपालिका ६ मैतोलाका अन्दाजी ३४ बर्षीय गोपाल नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले बताएका छ ।
मृत फेला परेका नाथको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतक युवकका आफन्तहरुलाई जिल्लामा बोलाएको र आवश्यक सोधपुछ गरिने उहाँले बताए ।
मृत फेला परेका नाथको शरीरमा कुनै घाउचोट पनि नरहेको र खल्तीमा नगद पैसा, मोवाइल समेत फेला परेको जनाएको छ । ती युवक भारतमा काम गर्ने गरेको बुझीएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए ।
प्रतिक्रिया दिनुहोस