सोमबार, ०३ चैत २०८१

कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए

 धनगढी : कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन् ।२८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका(१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएको जानकारी दिए । २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए ।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए । उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस