बाजुरा : हिमाली गाउँपालिका १ र ५ का बाढीबाट प्रभावित ६४ परिवारलाई मानव सहायता सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिकासँगको सहकार्यमा पलान इन्टरनेशनले सहयोग र पीसविन नेपालको सहजिकरणमा मानव सहायक सामाग्री सहयोग गरिएको हो । दैनिक जीवनका लागि आवश्यक सरसफाइका सामाग्री सहयोग गरिएको प्लान इन्टरनेशनका कार्यक्रम प्रबन्धक लालबाबु प्रसाद कुशवाहले जानकारी दिएका छन् ।
बाढीले घरबार नै उठिबास भएर र आशिंक रुपमा क्षति भएका परिवारलाई दैनिक जीवन सहजताका लागि सरसफाइका सामाग्री सहयोग गरिएको प्रबन्धक कुशवाहको भनाई छ । सामाग्री स्वयम कुशवाहकै नेतृत्वमा टोली गाउँमै पुगेर वितरण गरिएको हो । पालिकाले संकलन गरेको प्रभावितको तथ्याकं अनुसार नै ६४ परिवारलाई सहयोग गरिएको पीसविन नेपाल आभा परियोजनाका अनुगमन तथा मूल्याकन अधिकृत कुसुम शाहीले जानकारी दिएकी छन् ।
बाढीले हिमाली १ का १७ परिवार र ५ का ४७ परिवार प्रभावित बनेका थिए । ती मध्ये २४ परिवारको उठीबास नै हुने गरि पूर्ण क्षति भएको छ । भने ४० परिवारको आंशिक क्षति भएको छ । विपद जोखिममा परेकाहरुलाई खानेकुरा सँगै मानव सहायताका सामाग्रीहरु पनि आवश्यक पर्ने हुँदा विपद् जोखिम न्यूनिकरणका लागि सरसफाइ तथा स्वच्छताका सामाग्रीहरु सहयोग प्राप्त भएको गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले जानकारी दिएकी छन् ।
सहयोग सामाग्री हिमाली १ का वडा अध्यक्ष जोखबहादुर भण्डारी र ५ का वडा अध्यक्ष प्रदीप थापाको रोहवरमा वितरण गरिएको छ । बाढीबाट प्रभाविक सबैजसो अति विपन्न र गरिब परिवार हुन् । उनीहरुलाई अर्को बास स्थान निर्माण देखि दैनिक जीवन सुरक्षाका लागि समेत जोखिम रहेको देखिन्छ । विपदको बेला महिला बालबालिका र वृद्धवृद्धाहरुलाई नै बढी समस्या हुने, त्यसको प्रमुख कारण खानपीन र फोहरमैला नै देखिने हुँदा सरसफाइ सामाग्री सहयोग गरिएको हो ।
पालिकाले पनि सहयोगका लागि प्लान इन्टरनेशनल र पीसविन नेपाललाई धन्यवाद दिएको छ । दुर्गम गाउँमै पुगेर सहयोग सामाग्री उपलब्ध गराएकोमा हिमाली गाउँपालिका १ का वडा अध्यक्ष जोखबहादुर भण्डारीले धन्यवाद दिएका छन् । बाढी प्रभावितहरु पनि सहयोग सामाग्री पाउँदा खुसी भएका छन् । उनीहरुले सहयोग स्वरुप सरसफाइका सामाग्रीहरु वाटा देखि बाल्टीनसम्म, महिलाहरुका लागि स्यानिटेरी प्याड, पानी शुद्धिकरणका लागि आवश्यक औषधी, तौलिया देखि नेलकटरसम्मका सामाग्री सहयोग गरिएको छ । हेर्दा सामान्य जस्तो लागेपनि अति आवश्यक सामाग्री सहयोग प्राप्त भएको हिमाली ५ का अध्यक्ष प्रदीप थापाले बताएका छन् ।
प्रति परिवारलाई तीन हजार एक सय बढी रकम मूल्य पर्ने गरि दुई लाख बराबरको सामाग्री हस्तान्त्रण गरेको हो । बाढी साउन २८ गते दिउँसो आएको थियो । प्लान इन्टरनेशनलले सिमान्तकृत र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर मानव सहायता र राहत उद्दारका काममा सहयोग गर्दै आएको छ । प्लानले बाजुरामा पीसविन नेपालसँगको सहकार्यमा आभा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस