बाजुरा : फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागि आवेदन दिएका निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजबाट सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी आश्रित गुल्म बाजुराले संय्क्त रुपमा निर्वाचन प्रहरीमा आवेदन दिएकाहरुको पहिलो चरणको छनोट कार्य सुरु गरेको हो । निर्वाचन प्रहरीका लागि आवेदन दिएका एक हजार दुई सय ७ मध्ये पहिलो चरणको शारिरिक व्यायाम र दौड सहितको छनोटमा एक हजार एक सय ९५ जना सहभागी भएका छन् ।
जिल्लामा निर्वाचनका लागि माग गरिएको एक हजार ६० जनाका लागि एक हजार दुई सय ७ जनाको आवेदन परेको निर्वाचन प्रहरी भर्ना छनोट समिति बाजुराले जनाएको छ ।
निर्वाचन प्रहरीका लागि पहिलो चरणको छनोट प्रक्रियामा तीन जना महिला र ९ जना पुरुष गरी १२ जना आवेदक भने सहभागी नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा निर्वाचन प्रहरी भर्ना छनोट समितिका जानकारी दिएका छन् ।
आवेदन दिएका निर्वाचन प्रहरीलाई शारिरिक व्यायाम दौड सहित स्वास्थ्य परिक्षण समेत गरिएको छ ।निर्वाचन प्रहरी भर्ना छनोटमा सोमबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,सशस्त्र प्रहरी नायव उपरिक्षक खडक बहादुर शाही, प्रहरी नायव उपरिक्षक इकवाल हवारी, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका प्रमुख दीपेन्द्र बम सहित सहभागी भएका थिए । निवाृचन प्रहरी भर्ना छनोटमा निष्पक्ष बनाउने गरी समितिले छनोट कार्य सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस