मङ्गलबार, ०६ माघ २०८२

एमाले निकटका युवासंघ र अनेरास्ववियुले पार्टी कार्यालयमा तालाबन्दी

बाजुरा: आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागि बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउदै एमाले निकटका युवा संघ नेपाल र अनेराववियु बाजुराले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । 
पार्टीमा पटक पटक टिकट पाएर उम्मेदवार बन्दै जितेका नेताहरुलाई नै टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा ताला लगाएको राष्टिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र (आरसी) रोकायाले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार युवाहरुलाई नेतृत्व नदिएको, युवाहरुको मागलाई सम्बोधन नदिएकाले ताला लगाउनु परेको बताए । उपसचिव रोकायाले एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पुर्व महासचिव नरेश रोकायालाई प्रतिनिधी सभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र युवाहरुको भावनालाई खेलबाड गरेकोले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयमा ताला लगाउन बाध्य भएको बताएका छन् । यता नेकपा एमाले पाटी अध्यक्ष लाल बहादुर ओलीले भने यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस