कैलाली : कैलालीको धनगढीस्थित फारवेस्ट बोडिङ स्कुलमा खेलकुल सप्ताह सुरु भएको छ । विद्यालय परिषरमा एक कार्यक्रमकाबीच खेलकुद सप्ताहको उद्घाटन गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष नृप बहादुर वडको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा धनगढी प्याब्सनका अध्यक्ष धुर्ब बहादुर सिंह प्रमुख अतिथि , कैलाली प्याब्सनका पूर्व उपाध्यक्ष एवं मयुर बोर्डिङ स्कुलका प्रिन्सिपल पदम सिंह साउद विशिष्ट अतिथिका रहेका थिए।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले स्वागत मन्तव्यमार्फत विद्यालयमा खेलकुद सप्ताहको विद्यार्थीहरुको अतिरिक्रम क्रियाकलापको पनि उजार गर्ने उद्देश्य रहेको बताएका थिए । उद्घाटनसत्रमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका उप–प्रधानाध्यापक दीपक ओझाले गरेका थिए । सप्ताहव्यापी खेलकुद कार्यक्रममा.भलिबल, क्रिकेट, फुटबल, ब्यडमेन्टिन एथलेटिक्स लगायतका प्रतियोगिताहरु हुने छन् । बादविवाद तथा वक्तित्वकला प्रतियोगिता पनि आयोजना हुने छन् । विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई विद्यालयको वार्षिक उत्सवको अवसरमा पुरस्कार वितरण गरिने विद्यालय प्रधानाध्यापक जोराले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस