शनिबार, ०६ पुष २०८१

खप्तड छेडेदह गाउँपालिकाका समस्या सुनाउन उपाध्यक्ष नाथको मन्त्रालयमा दौडधुप

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाका समस्या लिएर पालिका उपाध्यक्ष विसुदेवी नाथले मन्त्रालयमा दौडधुप बढाएकी छन् । पालिका स्तरबाट समाधान हुन नसक्ने समस्यालाई लिएर उपाध्यक्ष नाथ संघिय सरकारका विभिन्न मन्त्रालयमा पुग्ने गरेकी छन् । बजेटको सीमितता र दीर्घकालिन योजनाका लागि पालिकाको फाइल बोकेर मन्त्रालय पुग्ने गरेको उपाध्यक्ष नाथले बताएकी छन् ।

उपाध्यक्ष नाथले पालिकाको बर्षौदेखिको प्रमुख समस्याका रुपमा रहेको गुइवन, हातेलेख  र खातीगाउँको पहिरोलाई पहिलो प्राथमिकतामा राखेर दौडधुप गरिरहेकी छन् । गूइवन बासीले २०५० साल देखि नै पहिरोको जोखिम मोल्दै आएका छन् । पालिकाको ४ र ७ नम्बर वडाका करिब डेढ सय बढी परिवार पहिरोबाट प्रत्यक्ष पीडित छन् ।

कमाई खाने जमिन बगाइ सकेका छन् । घरको आँगनमै पहिरोको जोखिम छ । कुनै बर्षादका रातपनि ढुक्क साथ सुत्न पाएका छैनन् । ती सबै समस्यालाई दीर्घकालन समाधानको माग सहीत मन्त्रालय धाउने काम गरिरहेको उपाध्यक्ष नाथले बताएकी छन् ।

नाथसँगै पूर्व सभासद महा नेपाली, ७ नम्बर वडाका अध्यक्ष खगेन्द्र रावत पनि लागि परेका छन् । पालिका स्तरीयबाटै बस्ती विकास र स्थानान्तरको माग बढीरहेको छ । उपाध्यक्ष नाथको टोलीले विद्यालयका शैक्षिक संरचनाको सुधार, सिंगडा डोगडी आटीचौर मार्तडी सडक निर्माण कार्यमा गति दिनु पर्ने, छेडेदह तालको संरक्षणमा बजेट माग गर्ने कुरालाई प्राथमिकताका साथ उठाइरहेकी छन् ।

गुइवन बस्ती सार्ने र उनीहरुको समस्या हल गर्ने विषयमा आजमात्रै वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रशाद महत्तोसंग छलफल गरेकी छन् । परराष्ट्र मन्त्रालय पुुगेर परराष्ट्र मन्त्री एनपी साउँदसँग पनि भेट गरेर पालिकाको समस्यामा साथ दिन आग्रह गरेको जानकारी दिएकी छन् ।

उपाध्यक्षसँग त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला जोशी न्यौपाने, सांसद बद्री पाण्डेका स्वकीय सचिव ताल बहादुर रावत लगायत पनि सहभागि थिए । हिजोमात्रै भारतीय राजदुताबास पुगेर एम्बुलेन्स आवश्यक रहेको भन्दै सहयोगका लागि निवेदन सहीत अपिल गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस