मङ्गलबार, १७ असार २०८२

त्रिवेणीमा शैक्षिक सामग्री निर्माण तालिम सञ्चालन

बाजुरा :त्रिवेणी नगरपालिका, बाजुरामा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिम सोमबार एक विशेष समारोहका बीच समापन गरिएको हो।

तालिममा सहभागी महिलाहरूले टेडी बेयर, क्युट डल, स्माइली लगायतका आकर्षक शैक्षिक खेलौना निर्माण गर्ने सीप प्राप्त गरेका छन्। उनीहरूले अब सिकेका सीपमार्फत आयआर्जन गर्न सक्ने र आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
समापन कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखको विशेष उपस्थिति रहेको थियो। उनीहरूले सहभागीहरूको हौसला बढाउँदै यस्ता कार्यक्रमहरू महिलाको आर्थिक सशक्तिकरणतर्फका महत्वपूर्ण कदम भएको बताए। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

नगरपालिकाका अनुसार आगामी दिनमा यस्ता तालिमलाई थप व्यवस्थित गर्दै वडास्तरमै विस्तार गर्ने र महिलाहरूलाई उद्यमशीलताको दिशातर्फ अघि बढाउने योजना रहेको छ।

सुदूरपश्चिमको दुर्गम क्षेत्र मानिने बाजुरामा यस्ता सीपमूलक तालिमहरूले महिलाको जीवनशैली परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस