मङ्गलबार, १७ असार २०८२

बाजुरामा एसइइ नतिजा : बुढीनन्दा उत्कृष्ट, ६ विद्यालय निल, नन्देश्वरी र क्रियटरले ल्याए सतप्रतिशत नतिजा

खप्तड छेडेदह, गौमुल र बुढीगंगा निकै कमजोर

धनगढी : उच्च माध्यमिक शिक्षा परिषद्ले यो वर्षको एसइइ परीक्षाको नजिता सार्वजनिक गरेसँगै शैक्षिक गुणस्तरको अवस्था बारे बहस सुरु भएको छ । कुन विद्यालयको नजिता र कुन पालिकाको नतिजा कस्तो भन्ने बहसले बजार तातेको देखिन्छ । बाजुरामा पनि त्यो बहस जारी छ । 

नौ वटा स्थानीय तहका ६७ वटा विद्यालयले एसइइ परीक्षामा विद्यार्थी सहभागि गराएका थिए । ती मध्ये बुढीनन्दा नगरपालिकाको नन्देश्वरी मावि र बडीमालिकाको नगरपालिकाको क्रियटर जोन ऐकेडेमीले सत प्रतिशत नतिजा ल्याएका छन् । नन्देश्वरी मावि सामुदायिक विद्यालय हो,भने क्रियटर जोन ऐकेडेमी संस्थागत विद्यालय हो । 

सहभागि विद्यालयको तुलनामा सत प्रतिशत नजिता पछि बडीमालिका स्थित मालिका माविले राम्रो नजिता ल्याएको छ । मालिका नमुना माविले मात्रै ८७.४ प्रतिशत नतिजा हात पारेको हो । सहभागि १७४ जना मध्ये १५२ जना उतिर्ण भएका छन् । ती मध्ये १३ जनाले ए ग्रेड नै ल्याएका छन् ।

सहभागि विद्यालय मध्ये ६ वटा निल भएका छन् । बडीमालिका नगरपालिकाका लक्ष्मी मावि, ज्ञानुदय मावि र नेरा मावि, खप्तड छेडेदहको मालिका मावि, गौमुलको मानाकोट मावि र बुढीगंगा नगरपालिकाको सारदा मावि निल भएका हुन् ।  

पालिकाको तुलना गर्दा सबैभन्दा राम्रो नजिता बुढीनन्दा नगरपालिकाले ल्याएको देखिन्छ । जिल्लाकै उत्कृष्ठ नजिता बुढीनन्दा नगरपालिकाले ल्याएको छ । सहभागि ६ विद्यालय मध्ये नन्देश्वरी माविले सत प्रतिशत नजिता ल्याएको छ । विद्यालयका सहभागि १२ जना मध्ये सबै उतिर्ण भएका छन् । यस्तै समग्रमा ८७ प्रतिशत विद्यार्थी उत्र्तिण भएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । यो गएका वर्षको तुलनामा धेरै राम्रो सुधारको नजिता हो । 

बडीमालिका नगरपालिकामै रहेको क्रियटर जोन एकेडेमीले सत प्रतिशत नतिजा ल्याएको छ । सहभागि १२ जना सबै उतिर्ण भएका छन् । ती मध्ये ए र बि प्लसमा मात्रै उतिर्ण भएका हुन् । 

जगन्नाथ गाउँपालिकाले पनि यो वर्ष राम्रो नतिजा ल्याएको छ । सहभागि ४ वटै विद्यालयले ५८ प्रतिशत देखि ८७ प्रतिशत सम्मको नजिता ल्याएका छन् । यो पालिकाको हालसम्मकै राम्रो र उत्कृष्ठ नजिता भएको पालिकाले बताएको छ । 

त्रिवेणी नगरपालिकाबाट सहभागि १० मध्ये सबै विद्यालयले सन्तोषजनक नतिजा ल्याएका छन् । ३१ देखि ९० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । पार्वती मावि सिम्ला छतारामा २० मध्ये १८ जना विद्यार्थी उत्र्तिण भएका छन् । त्रिवेणीले पनि अघिल्लो वर्षको तुलनामा राम्रो सुधार गरेको हो । 

स्वामिकर्तिक खापर गाउँपालिकाले पनि शैक्षिक नतिजा सुधार गरेको छ । सहभागि ७ विद्यालय मध्ये सबैले राम्रो नतिजा ल्याएको देखिन्छ । विद्यालयले ३५ देखि ८१ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् । 

हिमाली गाउँपालिकाका ७ वटा विद्यालय मध्ये ठूलाकोट माविका ५ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएपनि अन्य विद्यालयमा ७ देखि ८७ प्रतिशत विद्यार्थी उतिर्ण गराएको देखिन्छ । भवानी माध्यमिक विद्यालय धुलाचौरका २९ मध्ये २५ जना विद्यार्थी उत्र्तिण भएका छन् । तर समग्रमा हिमालीको नतिजा सन्तोषजनक देखिएको छैन् ।  

बुढीगंगा नगरपालिकाको नतिजा भने सन्तोषजनक देखिएको छैन् । सहभागि ९ विद्यालय मध्ये सारदा माविमा उतिर्ण हुनेको संख्या शुन्य देखिएको छ । सहभागि विद्यार्थी २९ जना मध्ये सबै अनुउतिर्ण भएका छन् । 

अन्य ८ वटा विद्यालयको अवस्था हेर्दा पनि ९ देखि ५७ प्रतिशत मात्रै उतिर्ण देखिएको छ । बुढीगंगा नगरपालिका, बडीमालिका, बुढीनन्दा, त्रिवेणी, जगन्नाथ स्वामिकर्तिक  र हिमाली भन्दा कमजोर देखिएको छ ।     

यस्तै खप्तड छेडेदहको मालिका मावि गाँज्राका सहभागि २० जना नै अनुर्तिण भएका हुन् । भने अन्य पालिकाको तुलनामा नतिजा निकै कमजोर आएको छ । राम्रो नजिता ल्याउने विद्यालयले ३३ प्रतिशत नजिता आएको छ । शुन्यदेखि माथि छ । ९ विद्यालय सहभागि थिए ।

यस्तै गौमुल गाउँपालिकाको नतिजा पनि ३६ प्रतिशत भन्दा माथि छैन् । सहभागि ६ वटा विद्यालय मध्ये मानाकोट माविका थलाका सहभागि १० जना सबै अनुर्तिण भएका हुन् ।  जिल्लाका बुढीगंगा, खप्तड छेडेदह र गौमुल गाउँपालिकाको नजिता निराशाजनक देखिएको छ ।

जिल्ला शिक्षा समन्वय इकाइले भने अपवाद बाहेक सबै जसो पालिकामा नतिजा सुधार हुदै गएको बताएको छ । तर सामाजिक सञ्जालमा भने लगानी अनुसार प्रतिफल नल्याएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । लगानी लगाउने, नतिजा नल्याउने राम्रो नभएको उनीहरुको भनाई छ । 

वर्षभरि पढाएर एक जना उतिर्ण गर्न समेत नसक्ने विद्यालय प्रशासन, विव्यस, अभिभावक र शिक्षकसँगै समीक्षा जरुरी रहेको सुझाव पनि जानकारहरुको छ । शैक्षिक गुणस्तर मापन हुने परीक्षाले नै उपलब्धी मापन हुने भएकोले शिक्षकहरुको नै पहिलो कमजोरी रहेको आरोप समेत छ । 

 

प्रतिक्रिया दिनुहोस