बाजुरा; खप्तड छेडेदह गाउँपालिकाका बिभिन्न ठाँउमा गएराती आएको अबिरल वर्षाका कारण क्षती पुयाएको छ । शुक्रवार राती आएको भारी वर्षाले गाउँपालिकाका बिभिन्न ठाँउमा क्षती पुर्याएको हो ।
वडा न. २ पिपल गाउँका स्थानीय बिरे कुँवर प्रदेशी कुमाल, प्रेम कुमाल, अर्जुन लुवार, लगायतको घर माथिबाट आएको पहिरोका कारण उच्च जोखिममा रहेको स्थानीय बिर्जन थापाले जानकारी दिएका छन् । उनका अनुसार घर संगै खेतियोग्य जमिन समेत उच्च जोखिमा रहेको बताइएको छ । गएरातीको बाढीले लगाएको बालिनालीमा समेत क्षती गरेको उनले सुदूर संसार डटकमलाई जानकारी दिएका छन् । यो संगै खानेपानीको पाइपहरुमा समेत क्षती पुर्याएको बताइएको छ ।
यस्तै सोही गाउँपालिकाको ३ का बिभिन्न ठाँउमा पनि क्षती भएको त्यहाँका स्थानीयले बताएका छन् । यसरी गएराती आएको अबिरल वर्षाका कारण बिभिन्न ठाँयमा भएका क्षतीको विवरणहरु सार्वजनिक भइरहेका छन् ।बेतालमाण्डौ देखी खप्तड छेडेदह गाउँपालिको केन्द्र जोड्ने सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुदा खप्तड छेडेदह गाउपालिकाका स्थानियलाई आवतजावतमा समस्या भएको छ ।वडा न। ३ र ४ का करिव ४५० बडी घर परिवारले उपभोग गर्दै आएको बार्जुगाड जलविद्युतको नहर पनि ठाँउ ठाँउमा भत्किएको बताइएको छ । केही समय अगाडी मात्रै सञ्चानमा आएको बिद्युत पुनः अवरुद्ध भएको छ । स्थानीय अध्यारोमा बस्न बाध्य छन् । अथक प्रयास पछि लामो समयपछि गाँउमा बत्ति बाल्न सफल भएको भएपनि गएरातीको अबिरल वर्षाले पुरानै अवस्गामा परिणत गरेको बार्जुगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष प्रेम रावतले बताएका छन् । अबरुद्ध अएको नहर बनाउने काम सुरु आजैबाट भइसकेको पनि अध्यक्ष रावतले बताए ।
स्थानीयलाई बेतालमाडौ बजार तथा उपचारका लागि अछामको बयलपाटा जानका लागि समस्या भएको ३ का स्थानीय शिक्षक भरत रावतले बताएका छन् । साथै सडकसंगै खप्तड छेडेदह ३ का विभिन्न गाँउका नहरहरु समते बगाएको छ । अबिरल बर्षासंगै आएको पहिरोले वडा नम्बर ३ पुडावालामा करिब २० लाखभन्दा बढिको लागतमा भर्खरै निर्माण गरिएको नहर क्षेदविक्षेद भएको बताइएको छ । उक्त नहरको गएको आर्थिक वर्षमै निर्माण सम्पन्न भएको थियो ।
बर्षाले क्षेदविक्षेद गरेको नहर र अबरुद्ध सडक, खानेपाानी, तत्काल सुचारु गर्न स्थानीय सरकार संग स्थानीयले अपिल गरेका छन् । बर्षात सुरु भएसंगै वडाका सबैजसो टोलहरु पहिरोको उच्च जोखिममा परेका छन । गाँउपालिकाका दर्जनौँ बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । हरेक वर्षको वर्षादमा स्थानीयले निर्धक्क भएर निदाउन समेत पाँउदैनन् । तर यसमा स्थानीय सरकारले चाँसो देखाएको भने पाइदैन ।
खप्तड छेडेदह गाँउपालिकाका मात्रै १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउलगायतका बस्ती उच्च जोखिममा छन् । पहिरोको प्रकोपबाट उच्च जोखिममा दर्जनौ बस्तीहरु रहेपनि पालिका स्तरीय विपद जोखिम व्यवस्थापन समितिले दीर्घकालिन योजना भने बनाएको पाइदैन ।
प्रतिक्रिया दिनुहोस