सोमबार, १५ पुष २०८१

बुढीगंगाले दियो महिला कृषक समुहलाई बिउ भण्डारण झोला

बाजुरा : बुढीगंगा नगरपालिकाले महिला कृषक समुहलाई बिउ भण्डारण व्याग वितरण गरेको छ । पालिकाको कृषि शाखा अन्र्तगत उक्त झोला वितरण गरेको हो । बुढीगंगा ५ कोटवाडामा रहेको कुल्देव महिला समुहलाई ५० प्रतिशत अनुदानमा बिउ भण्डारणका लागि सुपरग्रिन व्याग वितरण गरेको नगरपालिकाले जनाएको छ । 

समुहका २४ जना महिलालाई बिउ भण्डारणका लागि उक्त व्याग वितरण गरेको नगर उपप्रमुख माया कुवँरले जानकारी दिएकी छन् । गहु, मकै तथा धानको बिउ भण्डारण गर्न सहयोग पुर्याउन समूहका सदस्यहरुलाई अनुदानमा व्याग सहयोग गरिएको हो । 

पालिका भित्रका सबैजसो किसानहरुलाई अनुदानमा वितरण गर्न लागिएको पालिकाले बताएको छ । बुढीगंगा नगरपालिकाले यो वर्ष सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा विनियोजन गरेको छ । 

व्याग वितरण कार्यक्रममा नगर उपप्रमुख माया कुवर,कृषि शाखा प्रमुख बिरेन्द्र बिष्ट, कृषक समुहका महिला तथा स्थानियलगायतको सहभागीतामा व्याग वितरण कार्यक्रको  गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस