बिहिबार, ०३ असोज २०८१

राजनीतिक उथलपुथलकै बेला नेपाल आएका ‘रअ’का चिफ प्रचण्ड सरकार ढलेकैदिन स्वदेश फर्किए

काठमाडौँ : भारतीय खुफिया एजेन्सी ‘रअ’का तत्कालीन नेपाल चिफ राघव भट्नागर फिर्ता भएका छन् । उनी आजमात्रै काठमाडौं छोडेर नयाँ दिल्ली फर्केका हुन् । स्रोतका अनुसार उनी आज नेपाल एअरलाइन्सको जहाजबाट दिउँसो दिल्ली उडेका हुन् ।

उनको स्थानमा यस अगाडिको सातामात्रै अंशुल शर्मालाई पठाइएको थियो । नेपालमा सरकार फेरबदल र राजनीतिक उथलपुथलकै बेला शर्मा नेपाल पसेका थिए । आजै नेपाली काँग्रेस र एमालेको नयाँ समीकरणसहित अर्को सरकार गठन प्रक्रिया प्रारम्भ भएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ। यहीँ क्रममा भट्नागर स्वदेश फर्केका हुन् ।

यसअघि २०७८ वैशाखमा राजनीतिक संकट चुलिएका बेला अभिजित हल्दरको ठाउँमा भट्नागर काठमाडौं आएका थिए। उनी २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए । 

प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि सपथ तथा पदभारग्रहणको निम्तामा भारत गएको बेला सत्ता उथलपुथलको खाका बनेपछि नेपालमा राजनीतिक कोर्स नयाँ तरिकाले समिकरण बनेको बिश्लेषण हुने गरेको छ । प्रचण्डले मोदीलाई एमालेलाई बाहिर राखेर काँग्रेससँग सहकार्य गर्ने बचन दिएको आरोप समेत लाग्ने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस