शुक्रबार, ०२ कार्तिक २०८१

एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बाजुरा : नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । जेष्ठ १ देखि ३ गतेसम्म बाजुरा सदरमुकाम मार्तडीमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले बाजुराले बताएको छ । 

अधिवेशन प्रतिनिधी छनोट कार्य सकिएको छ । भने अधिवेशनको उद्घाटनका लागि केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल सहीतको टोली आजै बाजुरा पुग्ने कार्यक्रम रहेको पार्टी सचिव काशी विकले जानकारी जानकारी दिएका छन् । 

बैशाख २२ गते पार्टी अधिवेशनको लोगो सार्वजनिक र नारा सार्वजनिक गरेको थियो । त्यस लगत्तै बैशाख २४ गते प्रतिनिधी छनोट गरिएको थियो । प्रतिनिधी छनोट पछि कार्ड निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रतिनिधी छनोट उपसचिव संयोजक अमर खड्काले बताएका छन् ।

प्रतिनिधी पनि मार्तडी आउनेक्रम जारी रहेको एमालेले बताएको छ । नेताहरु जिम्मेवारी अनुसारको काममा सक्रिय छन् । युवा तथा स्वयम सेवक छनोट र परिचालन सहीतको जिम्मेवारी पनि पुरा गरिएको संयोजक कृष्ण कुमार बमले बताएका छन् । 

अधिवेशनका लागि संगठन विभाग प्रमुख अमर खड्का संयोजक हिक्मत थापा उपसंयोजक र राजन रोकाया सदस्य रहेको प्रतिनिधी व्यवस्थापन समिति, धनबहादुर रावत संयोजक र कृष्ण ओली सहसंयोजक सहीत ११ सदस्य प्रचार प्रसार समिति, कृष्ण बम संयोजक रहेको स्वयम सेवक परिचालन समिति, मन्देवी ओली संयोजक रहेको अतिथी सत्कार समिति गठन परिचालन गरिएको छ । 

यसैगरी डम्मर महत संयोजक र धर्मराज पाध्याय रहेको मञ्च व्यवस्थापन समिति, जनक विष्ट संयोजक रहेको आर्थिक व्यवस्थापन समिति, तुलाराम जैशी संयोजक रहेको खाद्यन्न तथा आवास व्यवस्थापन समिति, गोपाल सिंह रहेको स्वास्थ्य सुरक्षा समिति, विनोद कुमार बाजुराली संयोजक रहेको साँस्कृतिक प्रस्तुती तयारी समिति गठन गरिएको छ ।

अध्यक्ष भरत थापाले राजनीतिक, सचिव काशी विकले सांगठनीक र आर्थिक विभाग प्रमुख जनक विष्टले आर्थिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी तोकिएको छ । अध्यक्ष भरत थापा संयोजक रहेको अधिवेशन आयोजक मुल समिति गठन गरेको छ । 

उपाध्यक्ष जनक कुमार बोहरालाई सबै उप समितिको काम कारवाहीलाई सहजिरकण तथा अनुमगन गर्ने जिम्मेवारी दिएको छ । नेताहरुले पनि सम्पूर्ण ध्यान अधिवेशनमा लगाएका छन् । मार्तडी बजार नै अधिवेशनले तातेको देखिन्छ । 

जिल्लामा नेतृत्वमा लागि अध्यक्ष भरत थापा र लालबहादुर ओली बीच प्रतिस्पर्धा हुने देखिएको छ । रंगमान शाहीले पनि आफ्नो आकांक्षा अघि सारेका छन् । शाहीले सर्वसम्मत अध्यक्ष बनाउन लवी थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस