शुक्रबार, ०२ कार्तिक २०८१

एमाले बाजुराको आठौं जिल्ला अधिवेशनको उद्घाटन ‘बादल’ले गर्ने

बाजुरा : नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्न केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल आउने भएका छन् । जेष्ठ १, २ र ३ गते मार्तडीमा आयोजना हुने जिल्ला अधिवेशन उद्घाटनका लागि बादल बाजुरा आउन लागेका हुन् । 

पार्टी केन्द्रीय कमिटीका तर्फबाट उद्घाटन समारोहको प्रमुख अतिथीको रुपमा उपाध्यक्ष रामबहादुर थापा बादल लाई पठाएको छ । बादलसँगै निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा पनि बाजुरा आउन लागेका छन् ।

अधिवेशनमा पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश बहादुर शाह, सहदेव बोगटी, देखा आयोग सदस्य बसुन्धरा रोकाया जिल्ला आइसकेका छन् । 

प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टाराई, सचिव रणबहादुर चन्द्र, निर्वाचन आयोग सदस्य मनोज खड्का सहीतको टोली आजै बाजुरा आइपुग्ने पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि उद्घाटनका लागि अन्तिममा बादल आउनु भएको हो । 

प्रतिक्रिया दिनुहोस