शनिबार, १२ साउन २०८१

रेजीनाको न्याय माग सहीत बाजुरामा प्रर्दशन, बलात्कारपछि हत्या गरेको आफन्तको दाबी

बाजुरा : पुस २ गते आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेको रेजीना नेपालीको बलात्कार पछि हत्या गरेको आफन्तको आरोप सहीत अधिकार कर्मी आन्दोलित बनेका छन् । बलात्कार पछि हत्या गरिएको घटनालाई प्रहरीले बेवास्ता गरेको र पीडकलाई नै संरक्षण गरेको आरोप सहीत न्यायका लागि आफन्त र अधिकारीकर्मीले मार्तडी बजारमा प्रर्दशन गरेका हुन् । 

उनीहरुले २ महिना पुगिसक्दा पनि उजुरी दर्ता नगरेको, पीडकलाई पक्राउ नगरिएको र हत्यारालाई उन्मुक्ती दिन प्रहरी प्रशासन नै लागि परेको आरोप लगाएका छन् । १७ वर्षकी रेजीना नेपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीकै रोहबरमा आफन्तले पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पताल ल्याएका थिए । 

पोष्टमार्टम पछि मृतक रेजीनाकै बुबाका तर्फबाट पुस ४ गते आफ्नै कारण छोरीले मृत्यु रोजेको र कसैसँग शंका नभएको भन्दै कुनै आशंका नलिने गरि प्रहरीमा जाहेरी सहीत दाहसंस्कारको जिम्मा लिएका थिए । पोष्टमार्टमले पनि झुण्डिएर मृत्यु भएको रिपोट दिएको छ । भने प्रहरीको स्थलगत अनुसन्धानले पनि कुनै घाउ चोट नदेखाएको अवस्था रहेको प्रहरीको दाबी छ । 

रेजीनाका आफन्तले सुरुमा कसैमाथि शंका नरहेको जाहेरी प्रहरीमा दिएपनि बीचमा भने बलात्कार पछि हत्या गरिएको उजुरी दिएको तर प्रहरीले दर्ता नगरेको दाबी आफन्तको छ । दलित र गरिब भनेर प्रहरीले कमजोर माथि नै प्रहार गरेको आरोप मृतक रेजीनाका आफन्तको छ । 

तर प्रहरी यो कुरालाई स्वीकार्न तयार नै छैन् । प्रहरी निरीक्षक समेत रहेका प्रहरी प्रवक्ता दानसिंह भण्डारीले निवेदन नै केही शंका भएको भनेर ल्याउने, पछि अरुलाई दोष दिने कुरा नै गलत भएको बताएका छन् । प्रहरीको काम अनुसन्धान गर्ने हो, कसैको पक्ष विपक्षमा जाने कुरा आरोप मात्रै हो, भण्डारीले भन्नु भयो ।

आफन्तले पोष्टमार्टमको रिपोटमा समेत सेटिगं रेको आरोप लगाएका छन् । बुढीगंगा नगरपालिका २ डुंग्री घर भएकी रेजीनाको मृत्यु नभइ हत्या गरिएको र हत्या पछि बलात्कार पछि भएको दाबी दलित अधिकार कर्मीको छ । तर प्रहरीले पुस २ गते झुण्डीएको अवस्थामा भेटिएको रेजीनाका आफन्तले माघ ५ गते मात्रै दुरुत्साहन मुद्दा दर्ता निवेदन दिएका छन् । 

माघ ५ गते नै मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता दानसिंह भण्डारीले बताएका छन् । बीचमा धेरै प्रकारले अनुसन्धान भयो । दिनेश ठाकुर नाम गरेको व्यक्तिको नाममा रहेको फोन नम्बरबाट रेजीनासँग कुराकानी भएको प्रमाणित भयो । एकै दिन आउने र जाने कलमात्रै ५० पटक भन्दा बढी भएको देखियो । त्यसै प्रमाणका आधारमा दुरुत्साहन मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिएका छन् ।

आफन्तले जीप चालक अर्जुन रावतको नाममा मुद्दा दिएका छन् । उनीहरुले बलात्कारपछि हत्या गरेकोले त्यसै घटनामा मुद्दा दर्ता गरिनु पर्ने र कारवाही हुनु पर्ने माग दाबी गरेका भएपनि प्रहरीले घटनामा प्रमाण र अंग पुग्ने आधार जेमा छ, त्यसैमा मुद्दा दर्ता गरिएको र अनुसन्धान हुदै जाँदा प्रमाणित भए न्यायलयले कारवाही गर्ने कुरा छँदैछ, आरोप लगाउनु रिस पोख्ने काम मात्रै भएको प्रहरीको भनाई छ । 

प्रहरीले किटानी परेका व्यक्तिलाई पक्राउ पुर्जि जारी गरि टोली खटाइ सकेको बताएइको छ । घटनामा भनिएको व्यक्तिको नाममा फोन नम्बर समेत नभएकोले सोही व्यक्ति हो, भनेर प्रमाणित गर्ने आधार प्रहरीसँग नभएको दाबी प्रहरीको छ । तर आफन्तले भने हत्यारा र बलात्कारीलाई कारवाही गर्न प्रहरीले नमानेको आरोप लगाइरहेका छन् ।

केही अधिकार कर्मीहरुले देश व्यापी आन्दोलन गर्न माग गरिरहेका छन् । त्यसैको शिलशिलामा शुक्रबार मार्तडीमा पनि आफन्त सहीत केही अधिकार कर्मीले प्रर्दशन गरेका छन् । पीडितलाई न्याय दिन प्रर्दशन गरिएको र प्रहरीले बचावट गर्ने कुरा कानुनी राज्य र विधीको शासन विरुद्ध भएको दलित नेटवर्कका सचिव रमेश विकले बताएका छन् ।

आफन्तले मंसिर २९ गते भागेर विहे गरेकी बिपना नेपालीले रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना छोड्न गएको र त्यो जीप अर्जुन रावतले रेजीनाले सोही राती बलात्कार गरेको आरोप लगाउँदै आएका छन् । बलात्कार गरेको तेस्रो दिनमा अरुलाई भन्ने हो भनेर नै एक्लै घरमा राती कोही नभएको मौका पारेर अर्जुन रावतले हत्या गरेको उनीहरुको दाबी छ । 

छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएको आरोप पनि उनीहरुको छ । पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेर ३२ दिन पछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले भने दबाब नदिएको र मुद्दा दर्ता भइसकेको विषयमा न्यायलयकै निर्णय कुर्नु पर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस