शनिबार, १२ साउन २०८१

बुढीनन्दाको हेलो मेयर कार्यक्रमको प्रभावकारीता बारे सुझाव संकलन गरिने

कोल्टी : बुढीनन्दा नगरपालिकामा संचालित हेलो मेयर कार्यक्रमले सुझाव संकलन गर्ने भएको छ । नगरपालिकामा संचालन हुदै आएका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने उद्देश्य सहित सुझाव संकलन गर्ने कार्यक्रम संचालक कालिका उपाध्यायले बताएकी छन् ।

जनताका जनगुनासो सुन्न र समाधान गर्ने गरी संचालन गरीएको उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह १० वटै वडाका वडाध्यक्ष लगायतको सहभागितामा नगरपालिकाको हलमा छलफल गरीएको थियो । 

छलफलमा कार्यक्रम थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने र सुझाव अनुसार जनताका जनगुनासा सुन्ने मात्रै नभएर समाधानतिर पनि लाग्न सुझाव सहभागिहरुले  दिएका छन् । पालिकामा कार्यक्रम प्रभावकारी हुदै गएको छ ।  
 

प्रतिक्रिया दिनुहोस