शुक्रबार, ०४ असोज २०८१

बाजुरा सदरमुकामकै बस्तीमा बल्ल बल्यो बिजुली

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीका छेउछाउका बस्तीमा बल्ल विजुली बल्न थालेको छ । बजार क्षेत्रमा विजुली सुविधा भएपछि छेउछाउ र लेकका बस्तीहरुमा विद्युत सेवा विस्तार हुन सकेको थिएन् । सदरमुकाम रहेकै बडीमालिका ८ को डुंग्री बस्तीमा माघ २४ गतेबाट बत्ती बल्न सुरु भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले जानकारी दिएका छन् । 

लाइन विस्तार धेरै पहिला देखि गरिएको भएपनि मिटर वितरण गर्ने र बत्ती जलाउने कार्य हिजोबाट मात्रै सुरु गरिएको कार्यालय प्रमुख झाले जानकारी दिएका छन् । बडीमालिका नगरपालिका ८ को बजार क्षेत्रका अधिकांश परिवार बजारमा सदरमुकाम बसेपछि नजिकैको लेकमा बसाइ सरेका छन् ।

उनीहरुको अधिकांश बसोबास नै त्यही हुने गरेको छ । खस्रेगडा, डुग्री, बागडाँडा, पादे लगायतका क्षेत्रमा बल्ल बत्ती विस्तार गरि बाल्न सुरु गरिएको बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । उक्त बस्तीमा करिब २ सय १० बढी घर परिवारको बसोबास रहेको छ ।

सिंगो परिवारलाई नै लिएर स्थानीयले घर बस्ती नै त्यतै गरेका छन् । पुश चौपाया पाल्ने र दैनिकी चलाउने कार्यमा सक्रिय स्थानीयलाई बत्ति जडानसँगै सहज हुने भएको छ । विद्यार्थीको पढाइदेखि दैनिक कामकाज र रातको समयमा काम गर्न समेत सहज हुने भएपछि स्थानीय खुसी भएका छन् । विद्युत जडान पछि स्थानीयको दैनिक जनजीवन सहज हुने निवर्तमान वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । 

सदरमुकाम बासी भनेर पनि अँध्यरोमा बस्नु पर्ने अवस्था थियो । बल्न आएर उज्यालो पाएकोमा उनीहरु खुसी भएका छन् । मार्तडीमा २०३८ साल पछि बत्तीको उज्यालो बल्न सुरु भएको हो । तर ती बस्ती अझैसम्म पनि उज्यालो नपुग्नु दुखत विषय भएको र यो पटकबाट लाइन विस्तार, मिटर वितरण र बत्ती जडान गरेर एक दुई दिन भित्र सबै परिवार र बस्तीमा बत्ति बल्ने कार्यालय प्रमुख राजेश कुमार झाले बताएका छन् । 

झा सहीतको टोली गरेर विद्युत विस्तारको औपचारिक उद्घाटन समेत गरेका छन् । पछिल्लो समय बाजुरामा केन्द्रीय प्रशारण लाइनको बत्ति विस्तारको क्रम तिब्ररुपमा अघि बढीरहेको छ । माघ २० गते मात्रै खप्तड छेडेदह गाउँपालिका ५ को डोगडीमा केन्द्रीय प्रशारण लाइन विस्तार गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस