शनिबार, १२ साउन २०८१

राष्ट्रिय संगीतकर्मी संघको बाजुरा शाखा गठन, अध्यक्षमा देव बोहरा चयन

बाजुरा :  बाजुरामा राष्ट्रिय संगीत कर्मीको शाखा गठन गरिएको छ । सबै आस्था र विचारमा आवद्ध लेखक तथा संगीत कर्मीहरुको संगठनका रुपमा रहेको संगीत कर्मी संघको शाखा बाजुरामा पहिलो पटक विस्तार गरिएको हो ।

गायक देवबहादुर बोहरा अध्यक्ष रहने गरि ३५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । जसमा वरिष्ठ उपाध्यक्ष दिपक विक, प्रथम उपाध्यक्ष राजु बुढा, उपाध्यक्ष लक्ष्मी नेपाली, महासचिव गोविन्द्रराज तिमिल्सेना, सचिव सन्तोषी रावल, प्रवक्ता दिवक विक विकाशी, सहसचिव मानबहादुर रोकाया, कोषाध्यक्ष कल्पना विक, सहकोषाध्यक्ष हिमानी कार्की रहनु भएको छ । 

बाजुरा सदरमुकाम मार्तडीमा आयोजना गरिएको कलाकर्मीहरुको भेलाबाट समिति गठन गरिएको गायक एवं निर्वाचन समिति संयोजक प्रकाश थापाले जानकारी दिएका छन् । नरबहादुर विकको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा गीत संगीत र गायन तथा लेखन विधाका कलाकर्मीहरुको सहभागिता रहेको थियो ।

३५ जना सदस्य रहने गरि समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष देवबहादुर बोहराले जानकारी दिएका छन् । समितिको सदस्यमा प्रकाश थापा, हर्क खडायक, कृष्ण ओली, विष्णु धामी, शंकर मल्ल, सुना विक, नरबहादुर विक, धिरेन विक, राजेश पायल, सन्तोष विक, सहीतलाई राखिएको छ । 
केन्द्रीय प्रतिनिधी तोल गगन राहुल सिंहको उपस्थिति रहेको भेलाबाट सर्वसम्मत समिति गठन गरिएको हो । राष्ट्रिय संगीत कर्मी संघ लेखन तथा संगीत संयोजन विधामा दख्खल राख्ने कलाकर्मीहरुको छाता संगठनका रुपमा चिनिएको संगठन हो । 

May be an image of 14 people, people studying and text

प्रतिक्रिया दिनुहोस