शुक्रबार, ०४ असोज २०८१

बुढीगंगाको नवौं नगर सभामा नगर प्रहरी ऐन पारित, ६ महिनामा ५ करोड विकास बजेट खर्च

बाजुरा : बुढीगंगा नगरपालिकाले नगर प्रहरी ऐन २०८० पारित गरेको छ । नगरपालिकाको नवौं नगर सभाबाट नगर प्रहरी ऐन २०८० सहीत १६ वटा ऐन, कानुन र कार्यविधी पारित गरेको नगर उपप्रमुख माया कुँवरले जानकारी दिएकी छन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार, भन्ने नारा सहीत नवौं नगर सभा सञ्चालन गरिएको हो । नगर सभाबाट डिपिआर निर्माण कार्यविधि २०८०, कृषि वजारिकरण नीति २०८०, खेलकुद शिक्षक व्यवस्थापन कार्यविधि २०८०, बाल क्लव दर्ता कार्यविधि २०८० पारित गरेको छ ।

स्वच्छता कार्यविधि २०८०, खानेपानी सरसफाई र स्वच्छता ऐन २०८०, वडा स्तरिय व्यवसायि उत्पादन केन्द्र कार्यकर्म निर्देशिका २०८०, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति २०८०, समूह समिति तथा निग्रानी समुह गठन संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, दिगो विकास स्थानीयकरण नीति २०८०, नदीजन्य पदार्थ संकलन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ । 

बाल अधिकार संरक्षण कार्यविधि २०८०, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८० पनि पारित गरेको नगर प्रवक्ता हेमराज जोशीले बताएका छन् । नगर सभाले कोल्टीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।

आठौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, योजना र बजेट बारे समीक्षा गरि आगामी योजना बारे पनि छलफल गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । बुढीगंगाले हालसम्म ७४ वटा ऐन, नियम र कार्यविधि पारित गरि कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् । 

नगर सभामा प्रस्तुत खर्च प्रतिवेदन अनुसार २० करोड बजेट खर्च भएको देखिएको छ । आर्थिक वर्षको ६ महिनाको अवधीमा १५ करोड चालु र ५ करोड पुजिँगत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नाथले जानकारी दिएका छन् ।

नगर सभाले पालिकामा उत्कृष्ट, गुणस्तरीय  र समयाअवधि अगावै निर्माण कार्य सम्पन्न गर्ने जिआर कन्ट्रक्सनका सञ्चालक शुनिल कुमार थापालाई सम्मान तथा पुरस्कार दिने निर्णय गरेको छ । नगरपालिकाले यस अघि निर्माण व्यवसायी अंग ओलीलाई पनि सम्मान गरेको छ । 

प्रतिक्रिया दिनुहोस