शुक्रबार, ०४ असोज २०८१

केन्द्रीय सदस्य बुढाथोकीको निधनप्रति बाजुरा काँग्रेसद्धारा दुःख व्यक्त,समुदाय काँग्रेस अभियान स्थगित

बाजुरा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति नेपाली काँग्रेस बाजुराले दुःख व्यक्त गरेको छ । 

नेपाली काँग्रेस बाजुराको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बुढाथोकी निधन भएकोले समुदायसंग काँग्रेस अभियान समेत स्थगित गर्ने निर्णय गरेको छ । 

काँग्रेस बाजुराले बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान समेत स्थगन गरिएको पार्टी सचिव तिलक पुरीले बताएका छन् । उनका अनुसार काँग्रेस बाजुराले बुढाथोकीको निधन प्रति दुुख व्यक्त गर्दै आधा झण्डा समेत झुकाईएको बताएका छन् ।

यस्तै सहमहामन्त्री भिष्मराज आङदाम्वे र काँग्रेस केन्द्रीय सदस्य तथा समुदायमा काँग्रेस अभियानका लागि बाजुरा खटिएका ा प्रतिनिधी नृपबहादुर वडको काँग्रेस सुमुदाय संगको भेटघाट र यात्रा पनि रोकिएको छ ।

केन्द्रीय सदस्य वडले समुदाय संगको भेटघाट थालेको यात्रा जहाँबाट रोकिएको हो, सोही ठाउँबाट पुनः कार्यक्रम संचालन हुने नेपाली काँग्रेस बाजुराले जनाएको छ । 

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो ।

यसको औपचारिक निर्णय आज बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि  र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस