शुक्रबार, ०४ असोज २०८१

नहकुल जोशीको उपन्यास ‘नाजवाफ’ सार्वजनिक

धनगढी : बाजुराका पत्रकार नहकुल जोशीको पहिलो उपन्यास ‘नाजवाफ’ आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । विगतलामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आउनुभएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति आइतवार सार्वजनिक भएको हो ।  

उपन्यासमा मुख्य रुपमा राज्यब्यवस्था परिर्वतनका निम्ती तत्कालिन खस साम्राज्यको योगदान र उपलब्धीमा आधारित रहि यहाँका समस्या, कुप्रथा, विकास निमार्ण र जनजीवनका बारेमा चित्रण गरिएको बताइएको छ । 

जनताको जीवनस्तर  र ब्यवस्था परिर्वतनका निम्ति खस साम्राज्यको योगदान प्रसस्तै भए पनि विकास निमार्ण र मानिसको जीवनस्तर फेरिनेकुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङिगत गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग अलग पुस्ताले दुई दशकसम्म पनि परिर्वतनको महशुस नगर्नुले ब्यवस्था फेरिदैमा जनताको अवस्था फेरिदैन भन्ने तर्फ आज आममानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समिक्षक अर्जुन शाहले बताए ।  

मायाप्रेम संगै विद्यमान मौसमी बसाईसराइ, छुवाछुत, छाउपडि, बहुपति प्रथा लगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदुरकर्णालीका समृद्धिका दिन कहिले आउन्छन भन्ने कुरा उपन्यासमा गहन रुपमा आएको उक्त पुस्तकका शाहको भनाइ छ ।  युद्ध साहित्य भित्र सामाजकि जनजीवनको तार्किक चित्रणले उपन्यास पठनिय रहेको उनको भनाई छ । 

अहिलेको जस्ता २१ औ शताब्दीमा पनि हामीसबै एकै मानव हौं भन्ने भावनाको विकास समेत नभएको तर्फ उपन्यासले मुख्य रुपमा प्रश्न उठाएको लेखकले बताएका छन ।  अन्र्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा वस्ने मानिसहरुले भोग्ने समस्या, अपहेलित खस भाषा र संस्कृतिको सम्मान हराउदै गएको, बहुपति जस्ता विध्यमान प्रथा अन्त्य गर्न मानिसमा चेतनाको सञ्चार हुन आवश्यक रहेको उनको  भनाइ छ । 

आइतवार सुननन्दा मिडिया हाउसका निर्देशक अनिल शाहीको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।  सुदुरपश्चिम प्रदेशका प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशेष अतिथि रहेको कार्यक्रममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया, पत्रकार महासंघ सुदुरपश्चिमका अध्यक्ष योगेश रावल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रदेश प्रमुखको कार्यालयका सचिव पुष्कर खड्का लगायत पत्रकार र स्थानियको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस