शनिबार, १२ साउन २०८१

भीरबाट खसेको ढुंगा लागेर बाजुरामा एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा–३ कि अन्दाजी ३७ बर्षकि धर्मा बिस्ट रहेकी छन ।

विहिबार बिहान सोही वडाको बडाला नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएको बेला भीर माथी बाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जङ्गविर रोकायले बताएका छन् । 

 बिहान करिब ८ बजे तिर ढुङ्गा लागेर घाईते भएकी बिस्ट लाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लिदै गर्दा बाटोमा मृत्यु भएको आफन्तले बताएका छ्न । 

प्रतिक्रिया दिनुहोस