शनिबार, १२ साउन २०८१

समुदाय स्तरमा उद्धार जनशक्ति उत्पादन गर्न गौमुलमा तालिम

बाजुरा : गौमुल गाउँपालिकामा विपद् प्रतिकार्यको लागि सामुदायिक पहल तालिम सञ्चालन भएको छ । गाउँपालिकाको समन्वयमा आईएनएफ नेपालले ३ दिने तालिम सञ्चालन गरेको हो । 

समुदाय स्तरमा हुने सम्भावित घटनामा उद्धारका लागि जनशक्ति उत्पादन गर्ने उद्देश्य सहीत तालिम सञ्चालन गरिएको आईएनएफ नेपालका ईन्द्र रोकायाले बताएका छन् । भौगोलिक विकटताका कारण सहजै उद्धार टोली घटनास्थल सम्म पुग्न नसक्ने भएकाले समुदाय स्तरमै उद्धार जनशक्ति उत्पादन गर्ने लक्ष्य तालिमको रहेको छ ।

गाउँ बस्तीमो भई परी आउने बाढीपहिरो, हावाहुरी, भूकम्प, चट्याङ्ग, आगलागी जस्ता घटनामा प्रभावित परिवारको तत्कालै उद्धार गर्न सहजताका लागि तालिम सञ्चालन गरिएको हो । कतिपय दुर्गम ठाउँमा विपद्मा परेका प्रभावितको समयमै उद्धार नहुँदा ज्यान समेत गुमाउने पर्ने समस्याको समाधान गर्न प्रत्येक वडाका जनप्रतिनिधी सहीत स्थानीयलाई तालिम दिन थालिएको छ । 

तालिममा विपद्मा परेकालाई खोजउद्धार कसरी गर्ने, यसका लागि केके सामाग्रहीहरु आवश्यक पर्छ, आगलागी नियन्त्रणका विधिहरु, पानीको खसको मान्छेलाई बचाउने उपाय, विभिन्न भत्केका संरचनाहरुमा च्यापिएर बसेका व्यक्तिलाई उद्धार गर्ने सम्बन्धी ज्ञान प्रदान, घटनास्थलमा खोज उद्धार गर्न जाने व्यक्तिहरुले गर्नुपने तयारीका साथै छोटो समयमा धेरै विरामी तथा घाइतेलाई बचाउन सकिने विधी लगायतका बारेमा सिकाईने प्रशिक्षक करुणानिधी भट्राईले बताएका छन् ।

पहिलो उद्धारकर्ता समुदायको व्यक्ति भएकाले वडा स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि तालिमको आयोजना गरिएको उनले बताए । स्थानीय स्तरमा उपलब्ध साधन स्रोत प्रयोग गरेर छोटो समयमा प्रभावित धेरै व्यक्तिहरुलाई उद्धार गर्न सकोस् भन्ने उद्देश्य सहीत सञ्चालन गरिएको तालिम उपलब्धीमुलक बन्ने विश्वस रहेको प्रशिक्षक लक्ष्मण निरौलाले बताएका छन् । 

अभ्यास गरेर बढी सिक्ने भएकाले तालिममा अभ्यासबाटै सिकाईने प्रशिक्षण निरौलाले बताए । तालिम आज गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष रोकायाले गाउँपालिकामा कुनै पनि खालको विपत्ति आउँदा तत्काल उद्दार गर्ने गरी दक्ष जनशतिm उत्पादन हुन आवश्यक रहेको बताएका छन् । 

धेरै तालिम मध्ये विशिष्ट खालको भएका कारण तालिममा सिकेका कुराहरु नजानेकाहरुलाई गाउँमा गएर सिकाउन आग्रह गरे । प्राकृतिक प्रकोपका घटनाबाट बढी प्रभावित हुने गाउँपालिका आफुहरु रहेका कारण विपत्तिमा आउने हरेक घटनालाई उद्दार गर्ने र पार लगाउने गरी सिक्नुपर्ने बताएका छन् ।

तालिम पढ्ने पढाउने भन्दा पनि अभ्यास बढी गर्नुपर्ने भएका कारण समुदाय स्तरमा कुनै पनि भवितव्य रुपमा आउने विपत्तिको तत्काल सामना गरी उद्दार गर्ने खालको दक्षता भएको व्यतिm उत्पादन हुनुपर्नेमा जोड दिएका छन् । 

गाउँपालिकाले विपद् प्रतिकार्य योजना बनाएर अघि बढेका कारण विपदमा उद्दार सामाग्रीहरु प्रयोग गर्ने तरिका समेत तालिममा सिक्नुपर्ने धारणा राखेका छन् । गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालनमा रहेको तालिममा बडीमालिका नगरपालिका वडा नं.१ का ७ जना र गौमुल गाउँपालिकाका ६ वटै वडाका २१ जना गरी जनप्रतिनिधी र स्थानीय सहीत २७ जना सहभागि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस