शनिबार, १२ साउन २०८१

पत्रकारसँग ग्रिन तारा नेपालको समीक्षा बैठक

बाजुरा : ग्रिन तारा नेपाल बाजुराले पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ ।संस्थाले भय गरेका कामको प्रगती विवरण बारे जानकारी दिन बैठक आयोजना गरेको हो । ग्रिन तारा नेपाल नामक संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड मेनेजर कविता कुमारी थापाले बताएकी छन् । 

खप्तड छेडेदह गाँउपालिमा स्वास्थ्य सबमन्धि , छाउपडी प्रथा,बालबिबाह न्युनिकरणका सबमन्धि काम गर्दै आईरहेको र यसलाई न्युनियकरण गर्ने उदेष्य सहित सो पालिकामा विभिन्न कार्यमक्रमहरु संचालन गर्दै आईरहेको फिल्ड म्यानेजर थापाले बताएकी हुन ।

बिशेष गरी खप्तड छेडेदह गाँउपालिकाको १ नम्मर वडा देखी ७ सम्म जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको जनाएको छ । ग्रिन तारा नेपालले होम डेलिबरी,बर्थिङ सेन्टर पुन निर्माणका कार्य ,स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था लगायतका काम गर्दै आएको छ ।

डोगडी स्वास्थ्य चौकीमा खानेपानी , नाईना हेल्थ पोष्टमा बर्थिङ सेन्टर र पुणबाव्ला स्वास्थ्य चौकीमा बिरामीहरुलाई अप्ठेरो नहोस् भन्ने हेतुका साथ काम गरिएको बताईएको छ । उक्त  संस्थाले पुरुष समुह, महिला समुह,सासु समुहमा विभाजन गरी प्रत्येक महिनामा स्वास्थ्य सबमन्धि समिक्षा कार्यक्रम गर्ने गरेको फिल्ड मेनेजर थापाले जानकारी दिईन् ।

त्यस्तै सोही संस्था संग जोडिएको गरिमा परियोजनाले पनी छाउपडी प्रथा,बालविबाह,घरेलु हिंसा सबमन्धि कार्य गर्दै आएको छ । भने उक्त कार्यक्रम शुदुरप्रश्चिम प्रदेशको बाजुरा र बझाँङ जिल्ला लागु भएको छ ।

ग्रिन तारा नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल,प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण ओली , प्रेस युनियनका अध्यक्ष संगिता तिमिल्सेना,प्रेस चौतारीका अध्यक्ष मदन विक लगाएत जिल्ला स्थीत पत्रकारहरुको सहभागिता रहेको थियो । संस्थाको प्रगती विबरणको बिषयमा जानकारी भने ग्रिन तारा नेपालकी फिल्ड मेनेजनर कविता कुमारी थापाले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस