शुक्रबार, ०४ असोज २०८१

बडीमालिका फाउण्डेशन नेपालद्धारा गौमुलका भूकम्प प्रभावितलाई राहत

बाजुरा : गौमुल गाउँपालिका भूकम्प पीडितलाई राहत वितरण गरिएको छ । गाउँपालिकाको सहजीकरणमा राईजिङ्ग नेपालको सहयोग तथा बडीमालिका फाउण्डेशनको आयोजनामा ३१ भूकम्प पीडित परिवारलाई राहत वितरण गरिएको हो ।

सामाजिक अभियान्ता प्रकाश सिंह सहीत बडीमालिका फाउण्डेशनको टोली साथमा राहत ल्याएर गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा पुगेको थियो । ६ वटै वडा गरी ३१ पूर्ण रुपमा क्षति भएका परिवारलाई राहत सामाग्री वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् ।

राहत स्वरुप प्रत्येक परिवारलाई १÷१ बोरा चामल, दाल, नुन, तेल, साबुन सहीत चिसो छल्न १÷१ वटा बलाङ्केट वितरण गरिएको सिंहले बताएका छन्  । उक्त राहत पीडितलाई आज गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, गाउँपालिका प्रवक्ता एवं वडा नं।२ का वडाध्यक्ष देवबहादुर रोकाया, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले हस्तान्त्रण गरेको हो ।

May be an image of 4 people

राहत सामाग्री हस्तान्त्रण कार्यक्रममा उपाध्यक्ष सीता थापाले भूकम्प पीडितलाई राहत उपलब्ध गरेकोमा बडीमालिका फाउण्डेशन परिवारलाई धन्यवाद दिनुभएको छ । खाद्यान्न सामाग्री वितरणले भूकम्पले क्षतिग्रस्त बनेका परिवारलाई केही मात्रामा सहयोग पुगेको जनप्रतिनिधिहरुले बताएका छन् । 

कार्यक्रममा सामाजिक अभियान्ता प्रकाश सिंहले विभिन्न ठाउँमा पहँल गरी भूकम्प प्रभावितलाई राहत वितरण गरेको बताएका छन् । राहत सामाग्रीले पीडितको घाँउमा मलम लाग्ने विश्वस सहीत सुरक्षित स्थानमा बस्ने आवास निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

राहत वितरण कार्यक्रममा २ नम्बर वडा अध्यक्ष देव बहादुर रोकाया, १ नम्बर वडा अध्यक्ष देवेन्द्र बहादुर रोकाया, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, बडीमालिका फाउण्डेशनका उपाध्यक्ष पदम सिंह, सचिव लक्ष्मीराज पाध्याय, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव रमित विक लगायतको उपस्थिति रहेको थियो । 

May be an image of 11 people, flower and templeMay be an image of 12 peopleMay be an image of 7 people and tree

प्रतिक्रिया दिनुहोस