शुक्रबार, ०४ असोज २०८१

खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि सरकारपछि नहट्ने  : अध्यक्ष रोकाया

रमित वि.क.
गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्नका लागि सरकार पछि नहट्ने बताएका छन् । आज गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकको सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

पालिकाले प्रत्येक वर्ष खेलाडी प्रोत्साहनका लागि खेलकुदका गतिविधिहरु नियमित सञ्चालन गरिरहेको स्मरण गराउदैं खेलाडी स्वंयम स्थापित हुनुपर्ने बताए । राष्ट्रपति रनिङ्ग शिल्ड मात्र नभएर अन्य हरेक समयमा खेलकुदका गतिविधिका लागि खेल क्षेत्रमा सरकारले लगानी गरेको अध्यक्ष रोकायाले बताएका छन् ।

आफुहरुले लगानी गरिरहने तर खेल क्षेत्रको विकास र खेलाडी उत्पादन नभए व्यर्थे हुने उल्लेख गरे । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरिने गरिएको उनको भनाइ छ ।

कतिपय खेल क्षेत्रमै भविष्य बोकेका युवाहरु रहेका कारण अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् । खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित हुनुपर्ने बताए ।

विद्यालयले उत्कृष्ट खेलाडी छनोट गरेर पािलका स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी गराउन प्रधानाध्यापकलाई आग्र गरेका छन् । लहड र रहरले मात्र खेलाडी नबनेर भविष्य नै खेल क्षेत्रमा देख्ने खेलाडीले मात्र राम्रो फड्को खेल क्षेत्रमा मार्ने बताए ।

पालिकामा रहेका अन्तर मावि स्तरीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगीतामा प्रतिष्पर्धा गराईने भएको छ । खेलमा सहभागी हुने सम्पूर्ण खेलाडी तथा प्रशिक्षक सहितको टिमको सम्पूर्ण व्यवस्थापन पालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् । 

गौमुल गाउँपालिकाले आगामी मंसिर २२, २३ र २४ गते गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकमा पालिकामा रहेका ६ वटै माविका प्रधानाध्यापक तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस