शुक्रबार, ०४ असोज २०८१

शैक्षिक अवस्था बुझ्न गौमुल २ का वडाध्यक्ष रोकाया प्रत्येक विद्यालयमा

बाजुरा : गौमुल गाउँपालिका २ का वडाध्यक्ष देवबहादुर रोकाया शैक्षिक अवस्थाको बारेमा बुझ्न प्रत्येक विद्यालयमा पुगेका छन् । दशैंतिहारको अवसरमा करिब १ महिनाको विदापछि सञ्चालनमा आएका विद्यालयको शैक्षिक क्षेत्रको अवस्था बुझ्न वडाभित्र रहेका प्रत्येक विद्यालयमा पुग्नु भएको हो ।

अध्यक्ष रोकाया प्रत्यक्ष विद्यालयमा पुगेर शिक्षण सिकाईको पछिल्लो अवस्था, विद्यालयमा हाल भईरहेका क्रियाकलाप, भौतिक संरचनाको अवस्था सहीत पठनपाठनका गतिविधीको बारेमा विद्यार्थी तथा शिक्षकसंग छलफल गरेका हुन् ।

अनुगमन क्रममा विद्यालयमा पठनपाठनको अवस्था राम्रो रहेको वडाध्यक्ष रोकायाले बताएका छन् । विद्यालयमा पुगेर शक्षिक तथा विद्यार्थीसंग गरेको छलफलमा विद्यालयमा गरिने नियमित गतिविधी, गुणस्तरी शिक्षालाई मजबुत, पठनपाठन र विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन शिक्षकलाई आग्रह गरेका छन् ।

सबैभन्दा सिकाईको माध्यमलाई अगाडी बढाउन विनय गदै गुणस्तरीय शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वय गर्न अनुगमनलाई निरन्तरता दिएको वडाध्यक्ष रोकायाले बताएका छन् ।

गौमुल गाउँपालिका २ मा रहेको फूलपाटा माध्यमिक विद्यालय मल्लोदुगून सहीत वडाभित्र रहेको विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, विद्यार्थी र जनप्रतिनिधी बिच शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल भएको गाउँपालिका प्रवक्ता समेत रहेको रोकायाले बताए । 

विद्यालयमा भएको त्रिपक्षीय छलफलमा आगामीक दिनमा शिक्षा क्षेत्रलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता जनाएका छन् । प्रवक्ता रोकायाले गौमुललाई समुन्नत गाउँपालिका बनाउने आधारशीललाई तयार गर्न शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । 

शिक्षाको विकास विना अन्य क्षेत्र विकास सम्भव नभएको भन्दै उनले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण योजनाहरु सञ्चालन गरेको बताए । यसमा शिक्षक, अभिभावक लगायत विद्यालय सेवा क्षेत्रभित्र रहेका सबैले जिम्मेवार हुनुपर्ने र विद्यार्थीले पनि लगनशील बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस