धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको सालीक तोडफोडको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी अध्यक्ष कृष्ण प्रसाद जैशीले प्रेस विज्ञप्ती जारी गर्दै किसान, मजदुर, गरिब दलित र पीडितका पक्षमा बोल्दा जीवन गुमाएका नेता भीमदत्तको अपमान गर्दै सालीक तोडफोड गरिने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ ।
‘राष्ट्रवादी कंचनपुरबासी’ को नाममा व्यानर बनाएर प्रर्दशनमा उत्रिएको भीडले भीमदत्त पन्तको सालीक तोडफोड गरेका हुन् । राजतन्त्र र राजावादीको पहिचान दिनेहरुबाटै गरिब, दुखी र किसान जनताका प्रीय र गौरवमय इतिहास बोकेका नेताको सालीक तोडफोडमा संलग्नहरुलाई पहिचान गरि यथाशिध्र कारवाही गर्न एमालेले माग गरेको छ ।
एमालेले सरकारलाई अराजक गतिविधीको तमासा हेरेर टुलुटुल नबस्न र यस्ता गतिधिबीबाट उत्पन्न जोखिमबारे पनि सचेत हुन आग्रह गरेको छ । एमालेले तत्काल अराजक समूहको पहिचान गरि कारवाही गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस