शुक्रबार, ०४ असोज २०८१

बाजुरामा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते, एक जनालाई धनगढी रिफर गरियो

बाजुरा : मार्तडीमा म–२–प–७३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २० वर्षका अविशेक खड्का र १४ वर्षका सन्देश सिंह रहेका छन् ।

खड्का बडीमालिका ९ गैरी बजारकै स्थानीय हुन् । मोटरसाइकल विजुलीको पोलमा ठोक्कीएर दुर्घटनामा भएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिएका छन् । मार्तडीको लोकतान्त्रिक चोक नजिकैको विद्युतको पोलमा ठोक्कीएको हो ।

घाइते खड्काको टाउको र बायाँ हातमा चोट लागेको छ । भने अर्का सन्देश सिंहको निधारमा सामान्य चोट लागेको छ । बढी चोट लागेकोले खड्कालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । भने सिंहको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस