शुक्रबार, ०४ असोज २०८१

पदम खत्री स्मृति खुला भलिबलको उपाधी एलि कन्ट्रक्सनलाई, जनक दानी स्पोर्टस क्लब बन्यो उपविजेता

बाजुरा :  त्रिवेणी नगरपालिका ९ पैमा जारी खुला भलिबल प्रतियोगिताको उपाधीका एलि कन्ट्रक्सन अछामले जितेको छ । फाइनलमा जनक दानी स्पोर्टस क्लबलाई ३–२ को सेटमा हराएर उपाधी हात पारेको हो । 

कडा प्रतिस्पर्धाका बीच भएको खेलमा अन्तिम सेट १५ को खेलाईएको थियो । प्रतियोगिताको विजेता टिम अछामले ७१,१११। नगद, ट्रफि, प्रमाण पत्र र मेडल हात पारेको छ । भने उपविजेता बनेको जनक दानी स्पोर्टस क्लबले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

जनक दानी स्पोर्टस क्लबले त्रिवेणी ९ पैमा र एलि कन्ट्रक्सनले आयोजक ए टिमलाई सेमिफाइनलमा पराजित गरि फाइलन पुगेका थिए । खेलमा ८ टिम सहभागि थिए । दुबै टिमबीच उपाधीका रोचक भिडन्त भएको थियो । दुबै टिममा क्षेत्रीय र राष्ट्रिय खेल खेलेका खेलाडी सहभागि थिए । 

विजेता टिमलाई त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले प्रमाण पत्र, मेडल, नगद र ट्रफि हस्तान्त्रण सहीत खेलाडीलाई सम्मान गरेका छन् । आजै चर्चिच देउडा गायक शंकर मल्ल र टिका सानी बीच लाइभ देउडा सुरु भएको पत्रकार जनक बोहराले जानकारी दिएका छन् । 

तिहार र छठ पर्वको अवसर पारी प्रतिष्ठानले चौथो पटक बाट पदम खत्री स्मृती खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । 

कार्यक्रमको भोलि चौथौ दिन साँस्कृतिक कार्यक्रम सहीत समापन गर्ने तयारी गरिएको छ । जसमा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन् । 

No description available.

प्रतिक्रिया दिनुहोस