शुक्रबार, ०४ असोज २०८१

पदम खत्री स्मृति खुला भलिबलको फाइनलमा जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन भिड्ने

भोलि नै शंकर मल्ल र टिका साउँद सानी बीच लाइभ देउडा पनि हुने

बाजुरा : त्रिवेणी नगरपालिका ९ पैमा जारी खुला भलिबल प्रतियोगिताको उपाधीका लागि जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन अछाम भिड्ने भएका छन् । सहभागि ८ टिमलाई पछि पार्दै जनक दानी स्पोर्टस क्लब र एलि कन्ट्रक्सन फाइलन प्रवेश गरेका हुन् ।

जनक दानी स्पोर्टस क्लबले त्रिवेणी ९ पैमा र एलि कन्ट्रक्सनले आयोजक ए टिमलाई सेमिफाइनलमा पराजित गरि फाइलन पुगेका हुन् । दुबै टिमबीच उपाधीका लागि भोलि प्रतिस्पर्धा हुने पत्रकार जनक बोहराले जानकारी दिएका छन् । 

प्रतियोगिताको विजेता टिमले ले ७१,१११। र द्धितीय हुनेले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने छ । 

भोलि नै चर्चिच देउडा गायक शंकर मल्ल र टिका सानी बीच लाइभ देउडा पनि हुने भएको छ । दिनको १२ बजेबाट लाइभ देउडा सुरु हुने आयोजकले बताएको छ । तिहार र छठ पर्वको अवसर पारी प्रतिष्ठानले चौथो पटक बाट पदम खत्री स्मृती खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । प्रतियोगिताको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् । 

कार्यक्रमको चौथौ दिन साँस्कृतिक कार्यक्रम सहीत समापन गर्ने तयारी गरिएको छ । जसमा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन् । 

प्रतिक्रिया दिनुहोस