आइतबार, २० असोज २०८१

नगद नभेटेपछि मार्तडीमा पक्राउ परेका ५ जना जुवाडे १२ घण्टा नबित्दै छुटे

बाजुरा : जुवा खेलेको आरोप सहीत मार्तडीको गैरी बजारबाट नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले छोडेको छ । हिरासत बाहिर राखेर अनुसन्धान गर्ने कागज सहीत पक्राउ परेका पाँचै जनालाई छोडेको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताएका छन् । 

तिहार बिशेष रमाइलो गरिरहेको अवस्थामा भेटिएपछि प्रहरीले जुवा खेलेको आरोपमा पक्राउ गरेको छ । बिशेष सुराकी दिएर पक्राउका लागि पुगेको प्रहरी टोलीले तास सहीत भेटाएपछि नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएका व्यक्तिहरुबाट कुनै रकम नभेटिएको र तिहार बिशेष रमाइलो मात्रै गरेको प्रारम्भीक अनुसन्धानका क्रममा भेटिएपछि प्रहरीले सबैलाई छोडेको हो । आवश्यक प्रक्रिया सहीत वकिल कार्यालयमा हाजिर गराएर थप अनुसन्धान गर्ने गरि सबैलाई छोडेको प्रहरीले जानकारी दिएको छ । 

खाना खान गएको बेला हिलमिचमा भेटिएका अरु तीन जनालाई पनि प्रहरीले जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । आरोपित जुवाडेसँगै जिल्ला प्रहरी कार्यालय पुर्याइएका हरिबहादुर रोकाया, बलबहादुर रोकाया र टेकबहादुर रोकायालाई लगत्तै सोधपुछ पछि छोडिएको हो ।

उहाँहरु अरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सँगै लिएको आएको भएपनि टोलीमा सहभागि नभएको र उहाँहरु त्यो रमाइलोमा पनि नबसेको आरोपित पाँचै जनाबाट बयान हुन आएपछि हिजै छोडेको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताएका छन् ।

रमाइलो गरिरहेकै बेला भेटिएका अन्य चक्र रोकाया, दिल बहादुर रोकाया, नवराज कँवर, सुरज कुँवरको साथबाट पनि कुनै रकम नभेटिएकोले प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल र अन्य कानुनी परामर्श पछि छोडेर अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

प्रहरीले बाहिर आएजस्तो जनप्रतिनिधी नै जुवाको खालबाट पक्राउ गरिएको र ४० हजार बढी नगद रकम समेत बरामत गरिएको भन्ने कुरा सत्य नभएको बताएको छ । हिजै छोडिएका तीन जनालाई टोलीकै सदस्यले समेत सहभागि नभएको बयान दिएको र प्रहरीले पनि अन्यलाई नियन्त्रणमा लिएको ठाउँ भन्दा बाहिरबाट मात्रै सोधपुछका लागि लिएको बताएको छ ।

सहभागि नभएको तीन जनाको टिमलाई सामान्य सोधपुछका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालयसम्म ल्याएपनि लगत्तै छोडिएको प्रहरीले जानकारी दिएको छ । दशैं तिहार बिशेष जुवा तास खेल्नेक्रम बढ्ने भएकोले प्रहरीले कडा निगरानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस