शुक्रबार, ०४ असोज २०८१

पदम खत्री स्मृति खुला भलिबल प्रतियोगिता बाजुराको पैमामा सुरु

बाजुरा : त्रिवेणी नगरपालिका ९ पैमा खुला भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रम सुरु गरिएको छ । तिहार र छठ पर्वको अवसर पारी चौथो पटक बाट पदम खत्री स्मृती खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । 

प्रतिष्ठानका तर्फबाट खेल र साँस्कृतिक कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन् । प्रतियोगिताको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् । 

पुर्खाको स्थापना गरिएको प्रतिष्ठानले सामाजिक रुपान्तरण र सभ्यताको संरक्षणका लागि योगदान पुर्याउ लक्ष्य सहीत कार्यक्रम आयोजना गरिदै आएको खत्रीको दाबी छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । 

साँस्कृतिक कार्यक्रम र खुला भलिबल प्रतियोगिता मंसिर ३ गतेसम्म चल्ने बताइएको छ ।सुरुको दिन उद्घाटन कार्यक्रम र उद्घाटन २ वटा खेल आयोजना गरिएको छ । दोस्रो र तेस्रो दिन भलिबलका खेल समापन सँगै खुला लाइभ देउडा र चौथौ दिन साँस्कृतिक कार्यक्रम सहीत समापन गर्ने तयारी गरिएको छ ।

प्रतिष्ठानले त्रिवेणी नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । असल सन्तानले पुर्खाको सम्मानका लागि मात्रै नभई सामाजिक विकास र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरेर सकारात्मक सन्देश दिने गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।

५,१११। टिम दर्ता राखिएको प्रतियोगिताको विजेताले ७१,१११। र द्धितीय हुनेले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने छ । 

स्थानीय देखि राष्ट्रिय कलाकारको सहभागिता रहने कार्यक्रममा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन् । सोही अवसरमा शङ्कर मल्ल (ठकुरी) र टीका शाउद (सानी) बीच लाइभ देउडा पनि आयोजना गरिने छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख सहीत ९ वटै वडाका अध्यक्ष सहीत सरोकारवाला सहभागि थिए । कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष डम्मर बहादुर खत्रीले गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दयाराम थापाले गरेको थिए । 

प्रतिक्रिया दिनुहोस