शुक्रबार, ०४ असोज २०८१

बाजुराका पत्रकारले देउसी खेलेर संकलन गरेको रकम भुकम्प प्रभावितलाई सहयोग गर्ने

कोल्टी : बाजुराको उत्तरी भेग कोल्टीमा पत्रकारले देउसी भैलो खेलेका छन् । भुकम्पबाट प्रभावित क्षेत्रका पत्रकारहरुलाई सहयोग गर्ने उदेश्य सहीत कोल्टीमा कार्यरत पत्रकारको समूहले देउसी भैलो खेलेका हुन् ।

तीन वटा रेडियोहरु बुढीनन्दा, शिम्भुनाथ र अपी रेडियो र अनलाइनमा कार्यरत पत्रकारहरुले कोल्टी बजारमा सामुहीक देउसी भैलो खेलेका थिए । देउसीभैलोबाट ५१ हजार रकम संकलन गरिएको छ । 

संकलन गरिएको रकम मध्ये ७५ प्रतिशत रकम जाजरकोटका भुकम्प प्रभावित पत्रकारलाई सहयोग गर्ने निर्णय गरेका छन् । भुकम्पबाट प्रभावित बनेका घरवार विहिन पत्रकारलाई राहत स्वरुप संकलन गरिएको रकम पठाउने तयारी गरिएको पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् ।

कोल्टी बजारमा लगातार २ दिन देउसीभैलो खेलेका थिए । लेखेर पठाएको कमाइबाट बाँचेका पत्रकारका लागि सानो सहयोग स्वरुप देउसी भैलो खेलेर आर्थिक संकलन गरि रकम पठाउन लागिएको हो । हाल जाजरकोटमा ५ दर्जन बढीको संख्यामा पत्रकारका घर भत्कीएका छन् । भने २ वटा रेडियो पालमुनि सञ्चालन गर्नु पर्ने अवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस