काठमाडौं: जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यहीँ निर्णयमा हस्ताक्षर गरेकी छन् ।आज प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्यसचिव एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।
उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस