बाजुरा: चाडपर्व अवसरमा बाजुरा जिल्लामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले देशभरी झै जिल्लामा पनि औपचारिक रुपमा सुपथ पसल सञ्चालनमा ल्याएको छ ।
बाजुरा जिल्लामा खाद्य संस्थानका शाखा मार्तडी र कोल्टी डिपोमा सुपथ मुल्य पसल सञ्चालनमा आएका हुन् । शाखा कार्यालयबाट चामल र चिनी सहुलियत मूल्यमा बिक्रीवितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताए । उहाँले भने मार्तडीमा चामल र चिनी सहुलियत मूल्यमा बिक्रीवितरण भइरहेको छ भने कोल्टीमा चामलमा मात्रै सहुलियत दिइएको बताए ।
सुपथ मुल्य पसल सञ्चालन भएसँगै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने छ । हाल जिल्लाका दुवै शाखा कार्यालयबाट मोटा चालम प्रतिकेजी ६२ र स्टिम मसिनो चामल ९० रुपैयाँ बिक्रीवितरण भइरहेको छ । त्यस्तै चिनी एक सय ५ रुपैयाँमा बिक्री भइरहेको छ । अब सुपथ मूल्य पसलमा मोटा चामल प्रतिकेजी ५७, स्टिम मसिनो ८५ र चिनी एक सय रुपैयाँ बिक्रीवितरण हुन थालेको छ । उक्त सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विन्टल चामल र चिनी २ सय क्विन्टल कोटा छुट्याइएको छ । आज भदौ ३० बाट दसैं–तिहार, छठ पर्व लक्षित सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल कार्तिक १० गतेसम्म सञ्चालन हुने छन् ।
थप ४ वटा बिक्री केन्द्रमा पनि सुपथ मूल्य पसल
खाद्य संस्थानले जिल्लाका ४ वटा अस्थायी बिक्री केन्द्रमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अस्थायी बिक्री केन्द्र घट्मुना गौमुल, धुलाचौर, बिच्छ्या हिमाली र पाण्डुसैन बुढीनन्दामा सुपथ पसल सञ्चालन हुने बताए । सबै ठाउँ सँगै अर्थात आजबाट सञ्चालन गर्ने तयारी भएपनि विविध कारणले बिक्री केन्द्रमा सञ्चालन हुन नसकेको जान्कारी गराएका छन् ।
उहाँले भने ठेकेदार सग स्वीकृत भएपछि बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालन गर्न जिल्ला खाद्य व्यवस्था समितिको बैठक बसेर कोटा निर्धारण गरी चामल ढुवानी भएपछि मात्रै सुरु हुने बताए । तर अहिले जिल्लाको सर्वाधिक विकट बिच्छ्या अस्थायी बिक्री केन्द्र लागयतका स्थानमा सहज रुपमा चामल ढुवानी गरेर सुपथ पसल सञ्चालन गर्ने अवस्था नरहेको स्थानीयहरु बताउँछन् । हाल जिल्लाको पूर्वीउत्तरी भेग जोडने मार्तडी–कोल्टी सडकखण्ड तीन महिना देखि अवरुद्ध छ । हालसम्म सडकखण्ड खुलाउन कुनै पहल पनि हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस