शुक्रबार, ०४ असोज २०८१

जन्माेत्सवकाे अवसरमा रोकायाद्धारा दशैं खर्च कटाएर विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग

बाजुरा : आईएनएफ नेपालमा कार्यरत ईन्द्रबहादुर रोकायाले आफ्नो जन्म दिनको अवसरमा दशैं तिहारको खर्च कटाएर विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेका छन् । 

बडीमालिका नगरपालिका ३ रजाली घर भएका रोकायाले आफ्नो २६ औं जन्मत्सवको अवसरमा गौमुल गाउँपालिका ३ मा रहेको बालविकास माध्यामिक विद्यालयमा अध्ययनरत  ३ जना विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई सहयोग गरेको हो । 

जन्म दिनको अवसरमा केही सकारात्मक काम गरौं र विपन्न परिवारका बालबालिकालाई पठनपाठनमा सहयोग पुयार्नउने उद्देश्यका साथ पोशाक र शैक्षिक सामाग्री गरी १० हजार बराबरकाे सामाग्री वितरण गरिएको रोकायाले बताएका छन् । 

आईएनएफ नेपाल दिगो जिविकोपार्जका लागि जलवायु परिवर्तन अनुकूलन परियोजनाका सहायक परियोजना अधिकृत रोकायाले जन्म दिनको अवसर पारी पछिल्लो समय ठुल–ठुला होटलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफूले नयाँ तरिकाले जन्मत्सव मनाएको बताए । 

उनी गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट बालविकास माध्यामिक विद्यालयमै पुगेर विपन्न परिवारका विद्यार्थीलाई एक वर्षसम्मै पुग्ने शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्म दिन मनाएका हुन् । 

No description available.जन्म दिनको अवसरमा फजुल खर्च गर्नुभन्दा विपन्न परिवारका बालकालिकालाई त्यो खर्चले केही सहयोग पुग्ने भएकाले आफूले दशैं तिहारको खर्च कटाएर बालविकासमा अध्ययनरत ईश्वर रोकाया, दिपेन्द्र रोकाया र आयुस बाेहरालाई स्कुल ड्रेस, झोला, कापी कलम, ज्यामिति बक्स सरसफाईका सामाग्री सहीत चिसो मौसम सुरुवात भएकाले टोपी पनि वितरण गरिएको रोकायाले बताएका छन् ।

माझपाली घर भएका ईश्वर रोकायाका आमाको मृत्यु भईसकेको र बुवा ९४ वर्षका वृद्धा भएकाले उनको घरमा सहयोग गर्ने कोही छैन् । भने दिपेन्द्र रोकाया र आयुस बोहराका बुवा छैन् । आमा काम गरि खाने अवस्थाकी पनि छैनन्, उनीहरु दुबै सानै उमेरमा टुहूरा बन्न पुगेका थिए । रोकायाले भने, उनीहरुको अवस्था हेरी विद्यालयको सहनीकरणमा केही मात्रामा सहयोग पुगोस् भन्ने धारणाले सहयोग गरेको हो ।

 रोकाया विपन्न परिवारका विद्यार्थीका लागि शैक्षिक सामाग्री र पोशाक भोकेर जन्म दिन मनाउन विद्यालयमा पुगेपछि विद्यालय परिवार खुशी भएको छ । सामाग्री हस्तान्तण कार्यक्रममा बाल विकास विद्यालयका प्रधानाध्यापक र्हक रावतले जन्म दिनको शुभकामना व्यक्त गर्दै सराहनीय कार्यका लागि रोकायालाई धन्यवाद दिएका छन् ।

विद्यालयमै पुगेर दशैं तिहारको खर्च कटाएर ३ जना विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई गरेको सहयोगले विद्यार्थीलाई पठनपाठनमा थप सहज हुने प्रधानाध्यापक रावतले बताएका छन् । फजुल खर्च गर्नुभन्दा यस्तो कार्यले विपन्न परिवारका बालबालिकालाई ठुलो सहयोग पुग्ने भएकाले अरुले पनि सिक्न आवश्यक रहेको रावतले बताए ।

No description available.No description available.    

प्रतिक्रिया दिनुहोस