शुक्रबार, ०४ असोज २०८१

दशैंका लागि अग्रिम टिकट बुकिङ २२ असोजमा खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए ।

त्यस अगाडि व्यवस्थापनका सबै काम सकेर २२ असोजबाट अग्रिम बुकिङ खोल्ने निर्णय भएको उनले जानकारी दिए । हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न मन्त्री ज्वालाले निर्देशन दिएको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस