शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा  बेवारिसे  झाडीमा फालिएका शिशुकी आमा प्रहरीको नियन्त्रणमा

बुवाको  पहिचान हुन बाँकी,प्रहरीको अनुसन्धान जारी

बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिका वडा न .४ तोलीमा एक बेवारिसे झाडिमा फालेको अवस्थामा भेटिएका शिशुकी आमालाई  प्रहरीले  नियन्त्रणमा लिएको छ ।  प्रहरीको अनुसन्धान पछि उनलाई पहिचान गरि आव दिउँसो (बिहिवार) उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोही नगरपालिका वडा न . ४ की एक अबिवाहित युवती पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिचान नै  नखुली शिशुको भने जन्मिएको तिन दिनमै  बुधबार मृत्यु   भैसकेको छ ।  भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको अवीथामा फेला परेका थिए ।  प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको थियो  ।

स्थानीय करिष्मा अयडीको जिम्मा लगाए उपचारका लागि अछाम् स्थित बयालपाटा अस्पताल लगिएको थियो । उनले आमाले जस्तै माया दिएर राखेको भएपनि बचाउन नसकेको निज करिष्मा अयडी उनलाई बचाउन असफल भएकी थिइन् । मृत्यु भैसकेका शिशुकी आमालाई हेर्दा उनी बालिका जस्तै लाग्ने तर उनको एकिन उमेर सोधपुछ पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् ।

उनलाई नियन्त्रण लिई अहिले जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइएको पनि उनले बताए । उनको बुबा पत्ता लगाउनका लागि पनि अनुसन्धान जारी रहेको बताइएको छ । बुवाको भने पहिचान हुने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस