शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा काठेपुल बाट खसेर  बेपत्ता भएका ल्वार मृत भेटिए

बाजुरामा खोलाले बगाएर ल्वार लगायतका तीन जनाको मृत्यु

बाजुरा :  बुढीनन्दा नगरपालिका वडा नम्बर चार घोडाकोट खोलाको काठे पुल बाट खसेर बेपत्ता भएका  लली ल्वारका २६ बर्षिया छोरा गङ्ग ल्वारको शव फेला परेको छ  ।

(बुधवार) हिजो दिउसो १ बजे तिर लेख बाट  भैंसी लिएर घर फर्किने  क्रममा घोडाकोट खोलामा बगेर बेपत्ता भएका  ल्वारको शव  आज  बिहान  वडा नम्बर तीन सिलाजु पुल नजिकै  भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 बुधवार दिउसो  ल्वार संगै  भैँसिको पाडो बेपत्ता भएको भए पनि  पाडो भने अचेत अबस्थामा फेला परेको थियो ।  प्रहरीका अनुसार बेपत्ता भएका ल्वार  सङै भैंसी र पाडो समेत काठेपुल बाट खसे पनि भैंसी नजिकै सकुशल तैरिएको बताईएको छ ।

हिजो ल्वारको खोजी कार्य  गर्न इलाका प्रहरी कार्यलय कोल्टी बाट  प्रहरी  साहयक निरीक्षक दुर्गासिंह धामीको नेतृत्वमा खटिएका टोलि लगायत स्थानीयले खोजी कार्य गरे पनि हिजो भेटाउन सकेको थिएन  । बाजुरामा यो वर्षको मनसुन सरु भए यता मात्रै  खोलाले बगाएर ल्वार लगायतका तिन जनाको मृत्यु भइसकेको र एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनि एक दिन पछि आज मृत अवस्थामा फेला परेका हुन् ।  

जिल्लाका अधिकांश  नदीहरुमा पुल नहुँदा आवतजावत गर्ने क्रममा बाजुराका नागरिकले ज्यान गुमाउदै आएका भएपनि सरोकारवाला निकायमका व्यक्तिहरु भने मौन देखिन्छन् ।  नागरिकले भोग्दै आएको सास्तीका बिषयमा जिम्मेवार निकायका व्यक्तिहरु नै बेखबर छन् । बरु सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउनमा लागि झुटो प्रचार गर्न भने अग्रसर देखिन्छन् । दिनप्रतिदिनका यि घटनाहरुले बाजुराका तिन वटै तहका सरकारको नेतृत्व गर्ने नेताहरुको भने चर्को आलोचना हुँदै आएको छ । तर उनिहरु सुन्ने र पचाउने पक्षमा मात्र देखिन्छन् । 

प्रतिक्रिया दिनुहोस