शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा निरन्तर भारी वर्षा, सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

जनजीवन प्रभावित, पहिरोको उच्च जोखिममा रहेका बस्तिका नागरिक रातभर जागाराम

बाजुरा : बाजुरामा पनि गएराती देखि भारी वर्षा भइरहेको छ । तीन  दिन यता निरन्तर वर्षा भइरहेको भएपनि (बुधवारहिजो बेलुका राति देखी भारी वर्षा हुन थालेको हो ।

जिल्ला बासिलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लाका अधिकांश बस्तिहरु पहिरोका उच्च जोखिममा रहेकाले अतिआवश्यक काम बाहेक भारी वर्षा भइरहेको समयमा बारिह ननिस्कन जोखिममा रहेका घरपरिवार र बस्तिका नागरिकले सुरक्षित स्थानमा गएर बस्न प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले अनुरोध गरेका छन् । यदि कतै बर्षतका कारण बिपदजन्य घटना घटेको खण्डमा तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा तयारी अवस्थामा रहेको पनि उनले बताएका छन् ।

बाजुरामा बाढी पहिरोका कारण भौतिक एवम् मानवीय क्षती हुँदै आएको छ । हिँजो मात्रै बाजुरमा काठेपुल भत्किदा एक जना बेपत्ता भएका छन् ।  बुढीनन्दा नगरपालिका तिन लौठारुखमा काठेपुल भत्किएर खोलामा परेपछि एक जना बेपत्ता भएका हुन् । यस अघि खोालले बगाएर दुई जनाको मृत्यु भइसकेको छ । हिजो बेपत्ता भएका एक जना र एक जना गाडी चालक बेपत्ता रहेका छन् । 

बेपत्ता हुनेमा सोही नगरपालिका ३ बस्ने लली ल्वारका २६ बर्षिया छोरा गंग ल्वार रहेका छन् । ल्वार संगै खोलामा बगेको भैँसिको सकुसल उद्धार गरीएको र ल्वार र भैँसिको पाडो भने अहिसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको खाजी कार्य जारी रहेको र पहिरोका कारण नयाँ ठाँउमा क्षती भएको बारे जानकारी भने अहिले नआएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् ।

जिल्लाका तीन  वटा ठाँउबाट बाढी पहिरोका कारण बिपदजन्य घटना घटेको ठाँउमा प्रहरी परिचालन गर्नका लागी घस अघि नै तयारी गरिसकेकाले जिल्ला प्रहरी कार्यालयको तर्फबाट घटना घटेको खण्डमा  तत्काल प्रहरको टोली ली घटनास्थल खटाउने पुर्व तयारी वर्षात सुरु भए देखि नै गरेको उनले बताए ।  लागातरको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोको उच्च जोखिममा रहेका नागरिकहरु रातभर ननिदाएरै जागाराम बस्न बाध्य छन् ।  यो पीडा जिल्ला बासिले लामो समय देखि झेल्दै आएका छन् । 

यो वर्षातमा मात्रै जिल्लाका अधिकाँश ठाउँका बस्तिहरु पहिरोले भासिनुका साथै कयौँ परिवारहरु विस्थापित भएका छन् । विस्थापित परिवारहरु अहिले कोही छिमेकीको घरमा त कोही खुला आकाशमुनी पाल टाँगेर बसिरहेका छन् । उनिहरु संग न खाने आहार छ नत सुरक्षित बस्ने स्थान नं छ । तर यसमा राज्का धन भने केन्द्रित हुन सकेको छैन ।  

बाजुराका ११६ गाँउ पहिरोकोे उच्च जोखिममा छन् । उक्त ठाँउहरुमा बस्ति बस्न उपयुक्त नहुने भन्दै  बस्ति स्थानान्तरण गर्नुपर्ने समते भनिएको छ । तर बस्ति स्थानान्तरणका लागि हाल सम्म कुनै सुरसार छैन । तीन वटै तहका सरकार बेखबर बनेको गुनासो उच्च जोखिममा रहेका नागरिकको छ । 


यतिवेला देशभर लगातार वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले पनि पानी परिरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस