बाजुरा : पीसविन नेपालद्धारा सञ्चालित लैगिङ्क विभेदमा आधारित हिसां रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत रहेको रुपान्तरण कक्षाको आज जनप्रतिनिधिले अनुगमन गरेका छन् । सेवा क्षेत्र भित्र रहेको बडिमालिका नगरपालिका २ को सत्यबादी माध्यामिक बिद्यालयमा रुपान्तरण कक्षाको अनुगमन गरिएको हो ।
पीसविन नेपालको आयोजना बडिमालिका नगरपालिका,जिल्ला समन्वय समिति बाजुरा र बडीमालिका वडा न. २ को समन्वयमा अनुगमन गरिएको हो । २० वर्षदेखि २९ वर्षका जोडीलाई लैगिङ्क विभेदमा आधारित हिसां रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तरगत जोडी छलफल कार्यक्रमको अनुगमन गरिएको लैगिङ्क विभेदमा आधारित हिसां रोकथाम तथा प्रतिकार्य परियोजनाका बाजुरा जिल्ला संयोजक त्रिभुवन बहादुर शाहले जानकारी दिएका छन् ।
संयोजक शाहका अनुसार पीसविन भिएसओ र युएनएफपिएको साझेदारीमा लैगिङ्क हिंसा न्यूनिकरण गर्ने उदेश्य सुदूरपश्चिमका पाँच वटा जिल्ला का १० वटा पालिकाका ४६ वटा वडाहरुमा यो परिवजना लागु छ । ४६ वटा वडाका ४३ वटा माध्यामिक बिद्यालयमा रुपान्तरण प्याकेज कार्यक्रम सञ्चालनमा रहेका छन् । समुदाय स्तरमा जोडी सम्बाद, पारिवारिक सम्बाद, समुह छलफल कार्यक्रम सञ्चालनमा रहेको पनि उनले बताएका छन् ।
प्रदेशभरका पाँच जिल्लाका १० वटा पालिका मध्य बाजुराका दुई वटा पालिका बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा पनि यो परिवजना लागु छ । बाजुराका दुई पालिकाका ९ वटा वडाहरुमा यतिवेला जोडी सम्बाद कार्यक्रम संचालनमा रहेको परियोजना संयाजक शाहले बताए। बाजुराका दुई पालिकाका ९ वटा वडामा गत साउन २२ गतेदेखी सम्बाद कार्यक्रम सञ्चालन हुँदै आएका छन् । जसमा बडीमालिकाका १, २, ६, ७ र बुढीगंगा नगरपालिकाका ८ र ३ ४ ५ र ९ मा जोडी सम्बाद कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रममा बिवाहित २० वटा जोडीहरु सहभागि भएका छन् ।
यो कार्यक्रमको प्रमुख उदेश्य लैगिङ्क हिंसा न्यूनिकरण गर्नुका साथै श्रीमान श्रीमती बिच मेलमिलाप, आपसी सदभाव, समझदारी, श्रीमान श्रीमती दुबैलाई लैगिङ्क हिंसा भनेको के हो ? यसका कति प्रकार छन् ? यसको रोकथाम र नियन्त्रणका लागि के गर्ने ?, आफुमाथि लैगिङ्क हिंसा भएपछि न्यायका लागी कहाँ जाने ?, कानुनी व्यवस्था कस्तो छ ?, गोपनियता, यौन तथा प्रजनन स्वास्थ्य बारेमा ज्ञान दिन, आत्मबिश्वास, बाँझोपन, प्रभावकारी सञ्चार, समाजिक मुल्य मान्यताले समुदायमा पारेको असर, सक्रिय सुनुवाई, हानिकारक अभ्यास, लगायतका बिषयमा जानकारी गराउनका लागी पनि यो परियोजना सञ्चालनमा रहेको बताइएको छ ।
परिवारमा मेलमिलाप, समझदारी, समन्वय र सहकार्य बढेको, श्रीमान श्रीमती विच विश्वास बढेको, समय व्यवस्थापनमा सहयोग पुगेको ,आत्मरक्षामा सिपमा वृद्धि भएको पाइएको बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले बताएकी छन् ।
सन २०२१ को अगष्ट देखी सन २०२४ को अगष्ट सम्म यो परियोजनाको अवधी रहको छ । अहिले जारी रहेको कार्यक्रम १० वटा सेसनमा सञ्चालन हुने छ । बडिमालिका वडा न. २ भौनेरमा आयोजना गरिएको छलफल तथा सम्बाद कार्यक्रम वडा न. २ का वडा अध्यक्ष डम्मर बहादुर महतको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुल्सिराम रोकाया रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिति बडीमालिका नगरपालिकाकी नगरउपप्रमुख नन्दा थापा रहनु भएको थियो ।
परियोजना जिल्ला संयोजक त्रिभुवन बहादुर शाहले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य पीसविन केन्द्रिय कार्यसमिति सदस्य दुर्गा रोकाया थापाले राख्नु भएको थियो । कार्यक्रमको उदेश्य बारे पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्म बहादुर रोकायाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा करिब ३५ जना बढिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस