शुक्रबार, ११ पुष २०८२

काँग्रेस छाडेर युवा नेता थापा एमाले प्रवेश

बाजुरा : बुढीगंगा नगरपालिका–५ नुवाघर निवासी छत्र थापा आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) एमालेमा प्रवेश गरेका छन्। नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका थापा २०७० सालदेखि काँग्रेसका क्रियाशील सदस्य थिए।

काँग्रेसको स्थानीय राजनीतिमा राम्रो पकड बनाएका थापा बुढीगंगा नगरपालिका वडा नम्बर ५ को वडा समितिका पूर्व उपसभापति समेत हुन्। आश गरिएका युवा नेताका रूपमा चिनिएका थापाले पार्टी प्रवेश गर्दै काँग्रेसप्रति आफ्नो भरोसा टुटेको बताएका छन्।

उनका अनुसार जेनजी आन्दोलनपछिको अवस्थामा काँग्रेस निष्क्रिय जस्तै बनेको छ। “महिनौँसम्म बैठक समेत गर्न नसक्ने अवस्थाले काँग्रेसप्रति विश्वास समाप्त भयो,” थापाले भने। सक्रिय राजनीति, विचार र संगठनको खोजीमा आफू एमाले रोजेको उनको भनाइ छ।

थापालाई एमाले बुढीगंगा–६ वडा कमिटी अध्यक्ष प्रकाश सार्कीले स्वागत गरेका हुन्। एमाले प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ ऊर्जा थपिने विश्वास पार्टीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस