बाजुरा : त्रिबेणी नगरपालिका सभाको १८औँ नगर अधिवेशन आजदेखि सुरु भएकाे छ। नगरको समग्र विकास, सुशासन र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनको आयोजना गरिएको हो। नगरप्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनमा नगर उपप्रमुख कमला न्यौपाने, नगर प्रवक्ता मीन बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरसभा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनमा नगरको सुशासन, सेवा प्रवाह, आर्थिक अनुशासन, सामाजिक संरक्षण तथा वातावरणीय दिगोपनलाई मजबुत बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण विधेयकहरू नगर सभा समक्ष पेश गरिएका छन्।
प्रस्तुत विधेयकहरूमा सहकारी ऐन, २०८२, कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०८२, जनस्वास्थ्य सम्बन्धी विधेयक, २०८२, उपभोक्ता हक हित संरक्षण सम्बन्धी विधेयक, २०८२, प्रशासनिक कार्यविधि सम्बन्धी विधेयक, २०८२, वनसम्पदा संरक्षण सम्बन्धी विधेयक, २०८२, उद्योग तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी विधेयक, २०८२, जलस्रोत सम्बन्धी विधेयक, २०८२, आकस्मिक कोष सम्बन्धी विधेयक, २०८२ तथा स्थानीय एफ.एम. सञ्चालन सम्बन्धी विधेयक, २०८२ लगायत रहेका छन्।
नगरपालिकाले प्रस्तुत गरेका विधेयकहरूले नगरको आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै दिगो विकासको आधार तयार गर्ने विश्वास लिइएको नगर प्रवक्ता मीन बहादुर भण्डारीले जान्कारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस