शुक्रबार, ०२ कार्तिक २०८१

बझाङको एक परिवारमा मध्यराति खुकुरी प्रहार

घाइते भएका तिनै जनाको उपचार हुँदै

बझाङः बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ।

बझाङको सुर्मा गाउपालिका वडा नम्बर(३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दिनेश खबरबाट साभार 
 

प्रतिक्रिया दिनुहोस